राजविराज, १९ असोज । भारतीय जेलमा रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनका छोरा अजय बुधबार पनि रिहा हुन सकेनन् । भारतीय युवती भगाएको आरोपमा गत शनिवार यादव बाबु छोरालाई पव्रmाउ गरी कुनौली थानाका इन्चार्ज विनोद यादवले अपहरण मुद्दा लगाई भारतको सुपौल जिल्ला स्थित विरपुर कारागार चलान गरेको थियो । उनको रिहाइका लागि गृहमन्त्री जनार्दन शर्माले सिडियो भगिरथ पाण्डेलाई पहल गर्न निर्देशन दिएपछि उनको नेतृत्वमा सुरक्षा निकायका प्रमुख सम्मिलित टोली विगत पाँच दिनदेखि भारतीय सीमा सुरक्षा अधिकारीसँग भेट गर्दै यादव बाबु छोरालाई रिहाई गर्न आवश्यक पहलका लागि अनुरोध गरिरहेका छन् ।

गत शनिवार भारतीय प्रहरीले कुनौली बजारमा दुर्गापुजाको मेला हेर्न गएका बेला देवनारायणका छोरा अजयलाई भारतीय युवती भगाएको आरोपमा पव्रmाउ गरेको थियो । छोरा छुटाउन गएका देवनारायणलाई पनि प्रहरीले पव्रmाउ गरी अपहरण मुद्दा लगाएर सुपौल जिल्लास्थित वीरपुर थाना चलान गरेको थियो । तर अपहरणमा परेकी भनिएको भारतीय युवती ज्योती साह बुधवार स्वयम् वीरपुर न्यायालयमा उपस्थित भई आफु अपहरणमा नपरेको र अजयसँग प्रेम भएकै कारण राजी खुशीले भागी प्रेम विवाह गरेको बयान दिएपछि अदालतबाट यादवलाई जेलमुक्त गर्ने बाटो सहज बन्दै गएको कानून ब्यवसायीहरुले बताएका छन् ।
भारतीय प्रहरीले झुठो मुद्दा लगाई अपहरण शैलीमा यादव बाबु छोरालाई पव्रmाउ गरेको भन्दै रिहाईका लागि सरकारले पहल गर्नुपर्ने ब्यापक दवाव बन्दै गएपछि गृहमन्त्री जनार्दन शर्माले सप्तरीका सिडियो र सुरक्षा निकायका प्रमुखलाई पहल गर्न निर्देशन दिएका थिए ।

बैठकमा उपस्थित कुनौली थानाका इन्चार्ज विनोद यादवले अजयलाई छोडाउन आएका उनका पिता देवनारायण प्रहरी सामु अभद्र शैलीमा प्रस्तुत भएको तथा घटना अनुसन्धानमा सहयोग गर्नुको सटृा चेतावनीयुक्त भाषा प्रयोग गरेको गुनासो पोखेका थिए । ‘केटी भगाएको काण्डमा अजय विरुद्ध अभिभावकबाट उजुरी आएपछि पटक–पटक विवाद मिलाउन उनका पिता देवनारायणलाई आग्रह ग¥यौं तर उनी अटेर गरेर बसे’ उनले भने, ‘पछि वाध्य भएर अजयलाई समाउदा देवनारायण हामी माथि अप्रत्यासित ब्यवहार देखाउन आई पुगे ।’” करीव एक घण्टाको बैठक पछि भारतीय सुरक्षा अधिकारी सहमतिमा आई यादवलाई छुट्याउन आवश्यक सहयोग गर्न तैयार भएका थिए ।
सहमति अनुसार नै भारतीय युवती ज्योतीलाई आधार कार्ड (परिचय पत्र र जन्मदर्ता) सहित अदालतमा उपस्थित गराईएको छ । उनी अदालतमा समेत आफ्नो पुरानै भनाई राखिन, ‘मलाई कसैले अपहरण गरेको छैन, राजीखुशीले अजयसँग हिँडी प्रेम विवाह गरेकी हुँ ।’”यता विरपुर कारागारमा रहेका देवनारायणले गत २०७३ साउन १७ गते दशगजा क्षेत्रमा नेपाली भूमी डुवान हुने गरी भारतीय पक्षले एकतर्फी रुपमा बाँध निर्माण गर्न खोज्दा प्रतिकार गरेकाले नै अहिले अपहरणको झुठो मुद्दा बनाएर फसाउन खोजेको उनका दाजु असर्फीले बताएका छन् । ‘त्यति बेलादेखि नै कुनौली थानाका इन्चार्ज रहेका विनोद यादवले भाई देवनारायण माथि निगरानी गरिरहेका थिए’ उनले भने, ‘अहिले आएर भतिजाले भारतीय युवती भगाएको निहुँमा भाई फसाउन खोजेको छ ।’”
