ट्रकको ठक्करबाट प्रहरी भ्यानमा सवार नौ प्रहरी र तीन थुनुवा घाइते

प्रकाशित समय 9:08:00 AM
गोलबजार, २३ असोज । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको गोलबजारमा सोमबार वेलुका प्रहरीको गाडी र मालवहाक ट्रक एक आपसमा ठोकिदा दर्जनबढी घाइते भएका छन् । इलाका प्रहरी कायालय लहानले जिल्ला अदालतबाट कैदीको म्याद थप गरेर फर्किने क्रममा पूर्वबाट पश्चिमतर्फ गईरहेको को. १ क ११४४ नम्वरको मालवहाक मिनि ट्रक र विपरित दिशाबाट आईरहेको बा. १ ग २२१२ नम्वरको ट्रक एक आपसमा ठोकिदा प्रहरी ट्रकमा रहेको नौ जना प्रहरी र तीन जना थुनुवा घाइते भएको इलाका प्रहरी कार्यालय गोबजारले जनाएको छ ।
घाइतेमध्ये पाँचजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते भएका प्रहरीमध्ये पाँच जनालाई थप उपचारको लागि विराटनगर लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी यन्सपेक्टर राजेन्द्र कुमार उपाध्यायले जानकारी दिए ।
घाइते हुने प्रहरी हवल्दार महेन्द्र खत्वे, शम्भु कार्की, प्र.ज. सन्तोष न्यौपाने, प्रमोद कुमार चौधरी, भगवानलाल माझी, प्रहरी सहायक निरीक्षक धनराज खतिवडा, अनुप नारायण झा रहेको प्रहरीले जनाएको छ । थुनुवाहरु प्रेम कुमार यादव, राकेश कुमार यादव र विकास भट्टराई घाइते भएका छन् । घाइते मध्ये सात ८ जनको गोलबजारको निजी क्लिनिकहरुमा उपचार भईरहेको छ भने ५ जनाको विराटनगर लगिएको जनाएको छ ।  मालबहाट ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भईरहेको छ । चहचालक राजेश चौधरी पनि घाइते भएको छ । उनको पनि उपचार भईरहेको जनाएको छ ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »