न जडान गरिएको हो । उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले उद्योगबाट निस्कने सम्पूर्ण धुवाँ र धुलो नियन्त्रण गरी प्रदूषणरहित बनाउन मेसिन जडान गरिएको बताए । ‘भारतबाट उक्त मेसिन तीन करोडको लागतमा खरिद गरी ल्याइएको छ,’ उनले भने, ‘दैनिक प्रतिघण्टा उद्योगबाट उड्ने तीन टन धुलो नियन्त्रण गरी मुनसिमेन्ट उत्पादनमा नै प्रयोग गर्नेछौँ ।’
प्रतिघन्टा ३ टन धुलो र धुवाँ फाल्ने उद्योगले उद्योग परिसरका क्षेत्रमा प्रदूषण बढ्दै गइरहेका कारण पनि मेसिन जडा नगर्न बाध्य बनाएको उनले बताए । ‘जाप्निजहरुले उद्योग बनाउँदा जडान गरिएका रहेछन,’ उनले भने, ‘त्यो कामै नलाग्ने गरी बिग्रेपछि अहिले नयाल्याएर जडान गरिएको हो ।’ धुलो र धुवाँ दुवै नियन्त्रण गर्ने इलेक्ट्रो स्टारिक पावर (इएसपी) मेसिन अहिले एसियनी कन्ट्रिमा आएको आधुनिक ल्याएको उनले बताए । दैनिकरुपमा विद्युत् कटौतीको मार खेपी रहेको उदयपुर सिमेन्ट उद्योगमा अहिले विद्युत् कटौती कम हुन थालेपछि उत्पादनमा सुधार हुँदै गएको छ ।
उद्योगमा नायव महाप्रबन्धक महेश काफ्लेले अहिले उद्योगको क्षमता दैनिक ८ सय टन भए पनि दैनिक रुपमा ६ सयदेखि ७ सय ५० टनमा मात्र सिमेन्ट उत्पादन भइरहेको बताए । ‘अहिले विद्युत् कटौतीको मार उद्योगले खेपिरहेको छ,’ उनले भने, ‘बजारको मागअनुसार सिमेन्ट उत्पादनगर्न सकिएको छैन ।’
उदयपुर सिमेन्ट उद्योगले ३ महिनाभित्र ५० करोडभन्दा माथिको सिमेन्ट बिक्री गरेको छ । साउनको पहिलो हप्तादेखि अहिलेसम्म उद्योगले छ लाख २० हजार बोरा सिमेन्ट बिक्री गरेको नावय महाप्रबन्धक काफ्लेले बताए । ‘गैँडा छाप सिमेन्टको माग अत्यधिक बढेर जाँदा बिक्री र माग धान्नै गाह्रो भएको छ,’ पुनः उनले भने, ‘उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य प्रतिबोरा ८ सय २९ रुपैयाँ छ ।’
