
सिरहा जिल्लामा रही पत्रकारीता मार्फत आमजनतासंग सरोकार राख्ने विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै कर्जन्हा नगरपालिका ७ सिमरामा आयोजना गरिएको कार्यक्रममा पत्रकार पंडितलाई संस्थाका अध्यक्ष सिंहेश्वर पासवानले सम्मान गरेका हुन् । साझासबाल डटकमका सिरहा सम्पादक रहेका पत्रकार पंडित अप्पन टेलिभिजनका सिरहा समाचारदाता समेत हुन् । संस्थाले बिभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै एक दर्जन भन्दा बढी व्यक्तिहरुलाई समेत सम्मान गरेका छन् ।
कार्यक्रम संस्थाका अध्यक्ष पासवानको अध्यक्षता र पुर्व कानुनमन्त्री अजयशंकर नायकको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट आतिथिका रुपमा सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो, विद्यालय निरिक्षक उपेन्द्र महतो र स्रोत व्यक्ति श्याम यादब, नेकपा माओबादी केन्द्रका नेता चन्द्रेश्वर यादब लगायतका उपस्थिति रहेका थिए ।
