प्रदेश स्तरीय कबडी प्रतियोगिता माथि डिएमआरसीको कब्जा

प्रकाशित समय 10:48:00 AM
जनकपुर, ७ कार्तिक । प्रदेश स्तरीय प्रतियोगीताको उपाधि माथि आयोजक धनुष मिडिया एण्ड रिसर्च सेन्टर रघुनाथपुर टिम कब्जा जमाएको छ । धनुषाको रघुनाथपुरमा भएको धनुषा कबडी संघको आधिकारिक टिमलाई २८–४३ अन्तरले पराजित गर्दै आयोजक टिम नगद ५१ हजार राशी उपाधि रक्षा गर्न सफल भएको छ ।
आइतवार नै दुवै टिम बिच निणार्यक प्रतिस्पर्धा भएपनि साँझ पर्दा विवाद भएपछि सो प्रतिस्पर्धा सोमवार विहान हुने तय भएको थियो । दोस्रो भएका धनुषा कबडी संघको टिम भने हार्नै लाग्दा मैदानवाट खेलाडी सहित बाहिरिएका थिए । पहिलो हुने आयोजक टिमले नगद ५१ हजार तथा ट्रफी, दोस्रो हुने टिमले नगद ३१ हजार र ट्रफी तथा तेस्रो हुने सप्तरी टिमले नगद १५ हजार तथा ट्रफी जितेका छन् ।
विजेता टिमहरुलाई प्रतियोगीताका प्रमुख अतिथि समाजसेजी वलराम महतो तथा विशिष्ठ अतिथि सहिद नगरपालिकाका मेयर उदय बरबरिया यादवले पुरस्कार प्रदान गरेको थियो । त्यसैगरि आइतावार नै भएको महिला कबडीको फाइनलमा महोतरीलाई पराजित गर्दै धुनषा महिला कबडी टिमले उपाधि जितेको छ । महिला तर्फ प्रथम हुने टिमले नगद २५ हजार र दोस्रो हुने टिमले नगद १५ हजार तथा ट्रफी हात पारेका छन् ।
प्रतियोगीतामा महिला र पुरुष गरि धनुषाका आलावा महोतरी, सिरहा, सलार्ही, रौतहट, सप्तरी सहितको जिल्लाका कुल ११ टिमहरुको सहभागिता थियो । समारोहलाई सम्बोधन गर्दै जनकपुर उप–महानगरपालिकाका मेयर लाल किशोर साहले प्रतियोगीतामा देखिएको स्थानियको सहभागिता र उल्लासले आफु उत्साहित भएको बताए । महोतरी मठिहानी नगरपालिकाका मेयर हरिमण्डल र सिरहा कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले प्रतियोगीताको आयोजना र त्यसप्रतिको स्थानियको लगावले रघुनाथपुर वासी खेलप्रेमी रहेको प्रमाणित भएको बताए ।
प्रतियोगीतामा खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल चौधरी, अखिल नेपाल कबडी संघका केन्द्रिय कोषाध्यक्ष अरबिन्द झा सहितको समेत सहभागिता थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »