डेढ वर्षको छोरा बोकेर जागिर खोज्दै शहीद पत्नी सोनी

प्रकाशित समय 9:53:00 AM
क्रान्ति शाह
वीरगन्ज, ३० असोज । दोश्रो मधेस आन्दोलनका क्रममा प्रहरीको गोलीबाट दिनानाथ साह मारिएपछि १६ वर्षकै उमेरमा विधुवा बनेकी सोनी देवीलाई मधेसी दलका नेताहरुले अनेक आश्वासन दिए। आन्दोलनमा पतिको मृत्यु भएपछि घरमै पुगेका नेताहरु
मध्ये कसैले जागिर लगाइ दिन्छु भने तर कसैले घरपरिवारको पालनपोषणका लागि प्रबन्ध मिलाइ दिन्छु भने ।तर आन्दोलनमा पतिको मृत्यु भएको दुइ वर्ष बिति सक्दा समेत न त सोनीले अहिले सम्म कुनै जागिर पाएकी छन् न त घरपरिवारको पालनपोषणका लागि नेताहरुबाट कुनै सहयोग पाएकी छैनन् ।
आन्दोलनमा श्रीमान् मारिएपछि नेताहरुले घरमै आएर अनेक आश्वासनको ढाडस दिए । उनले भनिन, ‘दलहरुले चिन्ता नलिनु हामीले जागिर लगाईदिन्छु, कसैले परिवारको भरपोषणका लागि व्यवस्था गरिदिन्छौ भने तर त्यसपछि आजसम्म कोही नेताले एक पटक पनि फोन गरेर के छ ? हाल खबर भनेर सोध्न समेत भ्याएका छैनन् ।’
सोनीका पति बारा नौतन बहुअरीका दिनानाथ साहको दोश्रो मधेस आन्दोलनका क्रममा २०७२ साल भदौ १५ गते वीरगन्जको लक्ष्मणवा चोकमा सशस्त्र प्रहरीले चलाएको गोली लागि मृत्यु भएको थियो ।
पति मारिदा सोनीको गर्भमा पाँच महिनाको छोरो थियो । पति मारिएको चार महिना पछि २०७२ साल पुष १८ गते सोनी देवीले जन्म दिएका छोरा सुरज अहिले डेढ वर्षको भइसकेका छन् । नाबालक छोरा सुरजको पालनपोषण र शिक्षादिक्षाको चिन्ताले सताउन थालेपछि उनी जागिर का लागि वीरगन्जमा भौतारिरहेकी छन् ।
मधेस आन्दोलनमा पतिको मृत्यु भएका बेला जागिर को आश्वासन दिएका नेताहरुको दैलोमा पटक पटक धाउदा पनि कसैले सुनुवाइ नगरेको उनको दुखेसो छ । आन्दोलनमा पति मारिएपछि पर्साको हसवाँ स्थित माइती घरमै बस्दै आएकी सोनी केही समय यता भने वीरगन्जमा डेरा लिएर नाबालक छोरासँगै बसेकी छन् ।
‘पतिको मृत्यु पछि माइतीमै बसेको थिए, तर त्यहा पनि बुआ आमाको बोझ कति दिनु बन्नु भन्यो लाग्यो र अहिले वीरगन्जमै डेरा लिएर छोरासंगै बसेको छु’, सोनीले भनिन, ‘कुनै काम (नोकरी) भइदियो भने कमसे कम छोराको पालनपोषण र पढाइका लागि अरुको अगाडि हात पसार्नु त पर्दैन्थ्यो ।’
सरकारले सहीदका लागि दिएको १० लाख रुपैया बैंकमा आफनो नाममा खाता खालेर राखेको र त्यही पैसाको ब्याजले अहिले जीवनको गुजारा चलाउँदै आएको सोनीले बताइन् । ‘त्यो ब्याजको पैसा डेरा भाडा, रासन मात्रै सकिन्छ’, उनले भनिन् ,‘पहिला त एक्लै थिए, तर अब छोरा पनि छ, उसलाई स्कुल पठाउने समय पनि हुँदैछ, कहिले काही हामी दुवै जना बिरामी पर्छौ, तर कुनै नोकरी भएन भने हामी दुवैको बेहाल हुन्छ ।’
आठ कक्षामा पढरिहेका बेला १३ वर्षको उमेरमा बुबाआमाको करकापले पढाइ बीचमै छाडेर १३ वर्षको उमेरमा विवाह गर्न बाध्य भएकी सोनीले २०७३ सालको एसइई परीक्षामा दिएकी थिइन् । तर पतिको मृत्युको शोकले मानसिक तनावले एसइइ परीक्षामा अनुतीर्ण भइन् । कुनै संस्था वा कार्यालयमा जागिर पाए मानसिक तनावबाट मुक्त हुने र अध्ययनलाई पुनः निरन्तरता दिने उनले बताइन् ।
आफ्नो पति लगायत मधेस आन्दोलनमा ज्यानको बलिदानी दिएका शहीदहरुकै कारण मधेसी दलहरुले अहिले चुनाव जितेको भएपनि सहीद परिवारका लागि भने उनिहरुले कुनै ठोस काम नगरेको उनको दुखेसो छ ।
स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरमा मधेसी दलकै नेता जितेका कारण नगरपालिकामा जागिर पाउछु कि भनेर उनले आश गरेकी छन् । ‘वीरगन्जको मेयरमा फोरम नेपालका विजय सरावगी जितेका छन,त्यसैले अब त्यहा नोकरी पाउछु भन्ने आशा राखेको छु’, सोनीले भनिन, ‘फोरम नेपालका अध्यक्ष प्रदीप यादवले चिन्ता नलिनु हामी तिमिलाइ नगरपालिकामा जागिर मिलाइ दिन्छौ भनेका छन्, एक दुइ दिनमा नगरपालिकामा आउनु पनि भनेका छन् ।’ फोरम नेपाल पर्साका अध्यक्ष यादवले नवनिर्वाचित मेयर सरावगीले मधेसी सहीद परिवारको व्यवस्थापन आफ्नो पहिलो अजेण्डा रहेको घोषणा गरिसकेकाले सहीद दिनानाथ साहकी पत्नि सोनी देवीलाइ वीरगन्ज महानगरपालिका कार्यालयमा जागिरका लागि आफुले पहल थालिसकेको बताए ।
‘मैले सहीद पत्नि सोनीलाइ भेटेर नै जागिर को लागि अब चिन्ता नलिनु भनेर भनिसकेको छु’, यादवले भने, ‘अब चाँडै नगरपालिकामा आवेदन दिन्छिन, त्यसपछिको प्रकृया अगाडि बढाइ दिन्छु भनेर मयर साबले पनि भन्नु भाको छ ।’ मधेशी सहीदहरुको त्याग र बलिदानीका कारण फोरम नेपाल मधेसमा स्थापित भएकाले उनीहरुको परिवारको व्यवस्थापन फोरम नेपालको मुख्य प्राथमिकतामा रहेको यादवले बताए ।अन्नपूर्णबाट

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »