सिरहामा ६ र सर्लाहीमा १५ मतदान केन्द्र थपियो

प्रकाशित समय 9:12:00 AM
कमलेश कुमार यादव
सिरहा, १४ कात्तिक । आउँदो लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिरहा जिल्लामा ६ वटा मतदान केन्द्र थप गरिएको छ भने  सर्लाहीमा १५ मतदान केन्द्र थप गरी ५ सय १६ मतदान केन्द्र कायम गरिएको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा ४३१ मतदान केन्द्र कायम भएको सिरहा जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ६ मतदान केन्द्र थप गरिएको छ भने १ मतदान केन्द्र खरेज गरी ४ सय ३६ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिारा यादवले बताएकी छिन् ।
मतदानस्थल स्थानीय तहकै निर्वाचनका बेला कायम भएको २ सय ३० वटा नै अहिले पनि कायम रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख यादवले बताएकी छिन् ।
सिरहा जिल्लामा थप हुने मतदान केन्द्रहरुमा सिरहा नगरपालिकाको वडा नं. १७ मा, लहान नगरपालिकाको वडा नं. ३ मा, गोलबजार नगरपालिकाको वडा नं. २ मा, औरही गाउँपालिकाको वडा नं. ३ मा, अर्नमा गाउँपालिकाको वडा नं. ३ मा र नरहा गाउँपालिकाको वडा नं. १ मा कायम गरिएको छ भने कल्याणपुर नगरपालिकाका वडा नं. ६ को कटटहा मतदान केन्द्रलाई खारेज गरिएको प्रमुख यादवले बताएकी छिन् ।
त्यस्तै स्थानीय तहको चुनावको लागि ३ सय १८ मतदान स्थल र ५ सय १ मतदान केन्द्र कायम गरिएको थियो । पछिल्लो पटक मतदाता परिचय पत्र दर्ता गराउन आयोजना गरिएको शिविरबाट सर्लाहीमा १८ हजार ९ सय ६५ जना मतदाता थपिएकाले मतदान केन्द्र बढाइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिए । स्थानीय तह चुनावमा ३ लाख ६६ हजार ६ सय ५ मतदाता रहेको सर्लाहीमा पछिल्लो समय त्यो संख्या बढेर ३ लाख ८५ हजार ५ सय ७० पुगेको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »