गायक उदित नारायणकी श्रीमती राजनीतिमा

प्रकाशित समय 9:59:00 AM
एस.के. शान
सप्तरी, २९ असोज । चर्चित गायक उदीतनारायण झाकी जेठी पत्नी पनि राजनीतिमा प्रवेश गरेकी छन् । उदीतनारायणकी जेठी पत्नी रंजना झा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)मा प्रवेश गरेकी गरेर राजनीतिक यात्रा सुरु गरेकी हुन् ।
उनले आइतबार काठमाडौं पुगेर राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर जबराबाट सदस्यता लिएकी हुन् । भारतको बिहार राज्य अन्तर्गत बलुवा माइती र सप्तरीको भारदह घर भएकी रंजना उदितनारायणबाट अलग भएर बस्दै आएकी छन् ।
उदित भारत गएर दीपासँग अर्काे विवाह गरे लगत्तै रंजना प्रायः माइतीमा बस्दै आएकी थिइन् । उनी भारदहस्थित आफ्नो घर पनि आवतजावत गर्ने गर्थिन् । ‘‘तपाईंलाई एक्कासी राजनीति गर्ने मन कसरी लाग्यो ?’ भन्ने प्रश्नमा उनी केही बताउन चाहिनन् । ‘‘म यसबारेमा अहिले केही भन्दिनँ, भोली कुरा गरौंला’ मोवाइल सम्पर्कमा भनिन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »