भाइको हत्या गरेको आरोपमा पक्राउ परेकी दिदीले चौकीमै गरिन् आत्महत्या

प्रकाशित समय 1:00:00 PM
कमलेश यादब
सिरहा, १२ कार्तिक ।  यौनकाण्ड खुल्ने डरले भाइको हत्या गरेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । सिरहाको कर्जन्हा नगरपालिका–२ की १६ वर्षिया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् । प्र ठूलोबुवाको छोरा तथा भाइ भवेशकुमार यादवको हत्याको आरोपमा प्रियंका र सञ्जयकुमार साह पक्राउ परेका थिए । पक्राउ परेका मध्ये प्रियंकालाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट ठाउँ अभावका कारण प्रहरी चौकी बिष्णुपुर लगिएको थियो । प्रियंकाले हिरासतकै शौचालयको भन्टिलेसको रडमा सलले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

हरी उनलाई पक्राउ गरेर आज आइतबार बिहान १२ बजे सार्वजनिक गरेको थियो । जसको केही घण्टामै उनले आत्महत्या गरेको सिरहाका डिएसपी गज्जुसिद्धी मानन्धरले जानकारी दिए ।
लामो समयसम्म शौचालयबाट नआएपछि हेर्न जाँदा झुण्डिएको अवस्था फेला परेको प्रहरी जनाएको छ ।
हत्याले निम्त्यायो आत्महत्या
घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएपछि नेपाल प्रहरी २ नं. प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली अनुसन्धानमा खटिएको थियो । अनुसन्धानको क्रममा मृतककी ठूलोबुबाकी छोरी प्रियंका र धनुषाको धनौजीपट्टि घर भई कर्जन्हा– २ स्थित मामाको घरमा बसेर पढिरहेका सञ्जयको अनैतिक सम्बन्ध रहेको प्रारम्भिक सूचना पाएपछि प्रहरीले हप्ता दिनभित्रै दुवैलाई पक्राउ गरेको हो । छिमेकी युवकसँगको अनैतिक सम्बन्धकै कारणले भाइको हत्या गरेको खुलेपछि हीनताबोध गर्दै उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।
आफ्नै काकाका छोरा १३ वर्षका भवेशकुमार यादवले कार्तिक १ गते सञ्जयसँगको शारीरिक सम्बन्ध देखेपछि दुवैले हत्या गर्ने योजना बनाई पर्सिपल्ट कार्तिक ३ गते धारिलो खुकुरी प्रहार गरी हत्या गरेका थिए । आफूहरूको शारीरिक सम्बन्धको कुरा कसैलाई पनि नभन्ने सर्तमा फकाएर हत्या गर्ने उद्देश्यले ‘नर्सरीमा मोबाइल र पटाका लुकाएर राखेका छौँ, लिन जाऔँ’ भन्दै वनमारा घारीमा धारिलो खुकुरी प्रहार गरी उनको हत्या गरिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेकी प्रियंका बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माविमा कक्षा ८ मा पढ्दै थिइन् । बन्दीपुरस्थित अक्सफोर्ड बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत भवेश कार्तिक ३ गते बेपत्ता भएपछि खोजतलाश गर्ने क्रममा दुई दिनपछि कार्तिक ५ गते अपराह्न ४ बजे शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »