
गेहुँमा दिने विषादी सेवन गरेका कारण दुवैको मृत्यु भएको उपचारमा रहेका चिकित्सकहरुले बताए । विषादी(बिष) सेवन गरेर सिकिस्त भएका चन्दनलाई जिल्ला अस्पताल सिरहा ल्याउने क्रममा वाटैमा मृत्यु भैसकेको थियो भने नकुलदेवीको उपचारका क्रममा मृत्यु भएको उपचारमा संलग्न स्वास्थकर्मी चन्दन चौधरीले बताएका छन् ।
यसैबीच सिरहाको औरही गाउँपालिका वडा नं. ३ पिप्रा कडहर्वामा एक बालिकाको मृत्यु भएको छ । पिप्रा कडहर्वाका १२ वर्षीया रेणु कुमारी यादवको मृत्यु भएका छन् ।
यादवले विष सेवन गरेर केही समयपछि रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । विरामी भाई र आमालाई भारतको लदनिया पु¥याएर फर्किदा उनी विष सेवन गरेको र हरकट्टि–दरहियाको बिचमा रहेको रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले बताए ।
