रक्सी खाएर महिलामाथि दुव्र्यहार गर्ने प्रहरी हवल्दार पक्राउ

प्रकाशित समय 10:09:00 AM
महोत्तरी, ३१ असोज । रातिको समयमा रक्सी खाएर महिलालाई दुव्र्यवहार गर्ने एकजना प्रहरी हवल्दारलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ । सोमबार राति ९ बजे महोत्तरीको मनरासिस्वा नगरपालिका–२ ईटहर्वाकी दुई महिलालाई दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले ईलाका प्रहरी कार्यालय ईटहर्वामा कार्यरत प्रहरी हवल्दार शम्भुप्रसाद यादवलाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।
यादवले घटना भएका बेला रक्सी खाए नखाएको जाँच गरी घटनाबारे थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनाबारे थाहा पाएपछि स्थानीय बासिन्दाले मंगलबार बिहानैदेखि प्रहरी कार्यालय घेराउ गरेपछि प्रहरी नायव उपरीक्षकको टोलीले यादवलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको र दोषी ठहर भए कानुन बमोजिम कारवाही गरिने प्रहरी नायव उपरीक्षक बालकृष्ण पोखरेलले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »