२ किलो चाँदीसहित एक भारतीय पक्राउ

प्रकाशित समय 8:26:00 PM
विराटनगर, २१ असोज । विराटनगर महानगरपालिका–१६, मा रहेको हुलास मेटल चौकबाट प्रहरीले चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले भारत अररीया जोगवनी बस्ने १८ वर्षका दिनेश कुमार साहलाई पक्राउ गरेको हो ।
साहले सेतो कपडाले बेरेर शरीरको विभिन्न भागमा लुकाएर ल्याउँदै गरेको अवस्थामा झण्डै एकलाख ३० हजार ४ सय २० मूल्य बराबरको चाँदीको मुर्ती र पुजाको सामग्री बरामद गरेको हो । पत्रकार सम्मेलन गर्दै मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण कुमार बिसीले करिब २ किलो १६२ ग्राम चाँदी बरामद गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »