
बालिकाको पैताला र पिठ्युमा लठ्ठीको डाम र पिठ्युमा विद्युतिय यातना दिएको जस्तो देखिएको उनिहरुद्धारा जारी विज्ञप्तीमा भनिएको छ । साथै बालबालिकालाई पनि वयस्क थुनुवासगै राख्नु, हिरासतमा अखाद्य पदार्थ भेटिनु जस्ता कार्यले इलाका प्रहरी कार्यालय विष्णुपुरका प्रहरी नायब निरीक्षक शिब नारायण यादवको गम्भिर लापरवाही रहेको उल्लेख छ । भाईको हत्या आरोपमा प्रक्राउ परेकी प्रियङकाले कात्तिक १२ गते हिरासत भित्रकै शौचालयमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उनिसगै प्रक्राउ परेका अर्का १३ वर्षिय भवेश कुमार यादव भने अझै हिरासतमा रहेका छन् ।
