हत्याको आरोपमा उहाँसँगै काम गर्ने धनुषाका रामबली रामलाई प्रहरीले पक्रिएको छ । पासवानलाई कोठामा भात पकाउने क्रममा रामबली रामले छुरा प्रहार गरी हत्या गरेको प्रहरी जनाएको कतारमा रहेका सुशील पासवानको भनाई उधृत गर्दै परिवारले जनाएको छ । ३४ वर्षका पासवानका श्रीमती दुई जना छोरा र तीन जना छोरी छन् । परिवारले उहाँको शव नेपाल ल्याइदिन सहयोग गर्न आग्रह गर्दै सिरहामा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा निवदेन दिएका छन् ।
पासवानका परिवारले शव झिकाइदिन माग गर्दै गाउँपालिकामा पनि निवेदन दिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का रिटर्नी स्वयम्सेवक बीरबहादुर यावदले जानकारी दिए ।
