महोत्तरी प्रशासन कार्यालयमा मिथिला चित्रकला

प्रकाशित समय 7:56:00 AM
महोत्तरी, २२ कार्तिक । महोत्तरीमा पहिलो पटक सरकारी कार्यालयमा मिथिलाको संस्कृति झल्किने चित्रकला बनाइएको छ । जिल्ला प्रशासन कार्यालय, महोत्तरीस्थित प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको कार्यकक्षमा मिथिला चित्रकला बनाइएको हो ।
पहिले विभिन्न संघसंस्थाहरुले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा अन्य स्थानमा समेत चित्रकला बनाए पनि ती सम्बन्धित कार्यालयकै विषय वस्तुमा आधारित शीर्षकमा बनाइएका थिए ।
मिथिला चित्रकलाकी कलाकार सुनैना ठाकुर लगायतको समूहले प्रजिअको कार्यकक्षमा मिथिला चित्रकला बनाएको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »