राजपा परित्याग गरेकै दिन यादव र मण्डललाई माओवादीले दियो टिकट

प्रकाशित समय 9:13:00 AM
राजविराज, १५ कात्तिक । प्रदेश र प्रतिनिधि सभाको निर्वार्चन नजिकिदै जाँदा टिकटको लागि तँछाड–मछाड र एक पार्टी छाडि अर्को पाकर्टी प्रवेश गर्ने लहरै चलेको छ । यसैक्रममा वुधवार राजपा परित्याग गरी २ जना स्थानीय नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेहरुमा शशी यादव र इन्जिनियर सरोजकुमार मण्डल छन् । नव प्रवेशी दुवै जना प्रदेश सभा सदस्य पदका लागि माओवादी केनद्य्रको कोटावाट टिकट पाउने लगभग निश्चित रहेको पार्टी श्रोतले जनाएको छ ।
नव प्रवेशीहरुलाई निवर्तमान सांसदद्वय अशोक कुमार मण्डल (अमर) र मानपुर चौधरी, केन्द्रिय सदस्य महेश यादव लगायतले फुलमाला अविर लगाई स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »