विपरित दिशाबाट आइरहेको सवारीलाई साइड दिने क्रममा तिब्र गतिको ज ५ प ३२२० नम्बरको मोटरसाइकल शनिबार साँझ कल्भटसंगैको सडकको बीच खाल्टोमा दुर्घटनाग्रस्त भएको हो ।
तिब्र गतिमा मोटरसाइकलमा हुइकिने युवाको जीवन असुरक्षित भएको प्रहरीको भनाइ छ । ‘ढिलो गए पुग्न सकिन्न, हतार गरे भन्न सकिन्न, एउटा ट्राफिक नारा यथार्थमा परिणत भइरहेको प्रहरीको भनाइ छ । वास्तवमै तिब्र गतिमा दौडिदा मोटरसाइकल चालक युवा पुस्ता असुरक्षित बन्दै छन् । होत्तरीमा गएको तीन बर्षमा भएको सवारी दुर्घटनामा ७२ जनाले ज्यान गुमाएका छन्। चार सय ६३ अंगभंग छन् ।
गत तीन बर्षमा भएका एक सय ६८ दुर्घटनमा दुई सय २९ सवारी साधन क्षतिग्रस्त भए । त्यस मध्ये ८२ वटा मोटरसाइकल नै दुर्घटनाग्रस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीको तथ्यांकमा उल्लेख छ ।
‘सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या मध्ये ७५ देखि ८० प्रतिशत मोटरसाइकलबाटै ज्यान गुमाउनेहरुको संख्या छ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर पोषणराज ढकालले भने,‘ रफ स्टाइलमा दु्रत गतिमा मोटरसाइकल चलाउँदा युवाहरु बिशेष गरेर दुर्घटनाको सिकार हुने गरेका छन् ।
मोटरसाइकल दुर्घटनामा परेकाहरुको बाँच्ने चान्स निकै कम रहने गरेको डाक्टरहरुले बताएका छन् । शुभ स्वस्तिक अस्पताल बर्दिबासका डा. सिताराम पराजुली भन्छन, ‘युवाहरुले मोटरसाइकल चलाउदा हेलमेट लगाउँदैनन् । मोटरसाइकल दुर्घटनामा परेपछी टाउकोमा गम्भीर चोट लाग्छ । समयमा उपचार पाएन भने मृत्यु हुने सम्भावना बढी हुन्छ ।
