बस्तीपुरका दुई नेता गिरी र यादवबीच भिडन्त

प्रकाशित समय 11:15:00 AM

सात जना पुर्व मन्त्रीको उम्मेदवारी



 कमलेश यादव
सिरहा,१६ कार्तिक । आउदो मङ्सिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधी सभा तथा प्रदेश नम्बर दुईको प्रदेश सभाका लागि सिरहाबाट समाजवादी नेता प्रदीप गिरीसहित सात जना पूर्व मन्त्रीको उम्मेदवारी परेको छ ।
सिरहा सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, सिरहा निर्वाचन क्षेत्र नं. १ को लागि नेपाली काङ्ग्रेसको तर्फबाट नेता प्रदीप गिरी, वाम गठबन्धनबाट एमाले केन्द्रीय सदस्य गंगा यादव, संघीय समाजवादी फोरमबाट वरिष्ठ नेता राजलाल यादव, निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका जिल्ला सभापति रामचन्द्र यादव, वाम गठबन्धनबाट माओवादीका सुरेशचन्द्र दास यादव तथा संघीय समाजवादी फोरमबाट शत्रुघ्न प्रसाद सिंह कोइरीको उम्मेदवारी परेको छ ।
त्यस्तै, निर्वाचन क्षेत्र नं. ३ मा नेपाली काङ्ग्रेसबाट अमर रेग्मी, वाम गठबन्धनबाट एमाले केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठ र संघीय समाजवादी फोरमबाट विजय कुमार यादव तथा निर्वाचन क्षेत्र नं. ४ मा नेपाली काङ्ग्रेसबाट मोख्तार अहमद, वाम गठबन्धनबाट माओवादीका अजयशंकर नायक तथा फोरम–राजपा गठबन्धनबाट राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवको उम्मेदवारी प्रतिनिधि सभाको निर्वाचनका लागि परेको छ ।
सिरहा क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसबाट उम्मेदवार हुनुभएका प्रदीप गिरी र एमालेका उम्मेदवार गंगा प्रसाद यादव साविकको एउटै गाविस वस्तीपुरका मतदाता हुन ।
गिरी साविक वस्तीपुर ६ का तथा यादव साविक वस्तीपुर ७ का मतदाता हुन । अहिले दुवै वडा समायोजन भई लहान नगरपालिका १४ मा पर्दछ ।
दोश्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाका लागि सिरहाबाट विभिन्न दलका गरी सात पुर्व मन्त्रीहरुको उम्मेदवारी परेको छ । क्षेत्र नं. १ मा पुर्व विनाविभागीय मन्त्री राजलाल यादवले फोरमबाट, क्षेत्र नं. २ मा पुर्व पर्यटन तथा सँस्कृति राज्यमन्त्री पशत्रुघ्न प्रसाद सिंह कोइरीले फोरमबाट र पुर्व स्वास्थ्य सहायक मन्त्री सुरेशचन्द्र दासले माओवादी केन्द्रबाट, क्षेत्र नं. ३ मा पुर्व आपूर्ति मन्त्री विजय कुमार यादवले फोरमबाट तथा क्षेत्र नं. ४ मा पुर्व सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले राजपाबाट र पुर्व कानून मन्त्री अजयशंक नायकले उम्मेदवारीले माओवादी केन्द्रबाट प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दिएको छ ।
यसैगरी माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै पुर्व सामान्य प्रशासन मन्त्री बनेका रामकुमार यादवले क्षेत्र नं. २ अन्तर्गतको प्रदेश सभा १ को निर्वाचनका लागि माओवादी केन्द्रबाटै उम्मेदवारी दिएको छ ।











सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »