मनोहरा फाँटमा रोकीराखेको सेतो रंगको ट्याक्सीको पछाडि सिटमा खड्काको शव फेला परेको हो । रातो हुकभित्र हरियो भेस्ट र खैरो पाइन्ट लगाएका खड्काको अनुहारमा चिन्न नसकिने गरी चोट लागेको छ । खड्काको अनुहारमा ढुंगाले हानेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण राणाको नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । घटनाका सम्बन्धमा अपराध महाशाखाको टोलीले समेत अनुसन्धान थालेको छ । शवको मुचुल्का तयार गरी अहिले शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ ।
