काठमाडौंको महराजगञ्जमा ‘कल्की फोटो स्टुडीयो’ सञ्चालन गर्दै आएका अधिकारीले स्टुडियोबाटै नक्कली सरकारी कागजात बनाउने गरेका थिए । उनले तयार गरेको कागजात काठमाडौंको बानेश्वर बस्दै आएका यज्ञराज अधिकारीले वितरण गरेर सर्वसाधारणलाई ठगी गर्दै आएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
कार्तिक १६ गते पक्राउ परेका अधिकारीको फोटो स्टुडियोबाट यातायात ब्यवस्था कार्यालय बाग्मतीको स्ट्याम्प, नेपाल आर्मी लेखिएको होलोग्राम, नेपाल सरकार लेखेको होलोग्राम, विभिन्न ब्यक्तिहरुको नामको सवारी चालक अनुमति पत्रहरु, उच्चमाध्यमिक शिक्षा परिषद्ले जारी गर्ने नक्कली प्रोभिजनल, एसएसलसिको मार्कसिट लगायतका सामग्री फेला परेको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
