धरान–३ माछाभौडीस्थित हिरालाल श्रेष्ठको किराना पसलमा गुट्का खरिद गरेर इस्तियाकले नक्कली भारतीय पाँचसयको नोट दिएका थिए । प्रहरीले उनको गोजी तलासी गर्दा २ थान भारु ५ सयका नक्कली नोट भेटेको थियो । ति युवकका साथबाट भारतीय सरकारले प्रदान गरेको परिचयपत्र समेत फेला परेको छ । फेला परेको परिचयपत्रको अग्र भागमा उनको नाम मो. इस्तियाक, जन्म मिति फेब्रुअरी १०, १९९२ उल्लेख छ ।
परिचयपत्र नं. ४८५२२९४४०५१३ उल्लेख छ । पछाडिपटिको भागमा आत्मजस् अब्दुल ग्राम, अकरथापा प्रो.अकरथापा, भारगामा अररिया विहार ४५४१०२ उल्लेख रहेको छ । प्रक्राउ परेपछि उनले आफूसहित अन्य तीन जना भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेको बताएका थिए । उनले दिएको जानकारीको आधारमा धरानमा प्रहरीले खोजतालास गर्ने क्रममा थप दुई जनालाई प्रक्राउ गरेको र उनीहरुको साथबाट भारु ५ सयको १५ वटा नक्कली नोट फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले बताए ।
