
नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइने आयल निगमका प्रवक्ता बिरेन्द्र गोइतले जानकारी दिए । यस्तै डिजेल र मटितेल लिटरको ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । एलपीजी ग्यासको मूल्य पनि बढाइएको छ । अब ग्यास प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ पर्ने प्रवक्ता गोइतले जानकारी दिए । अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य बढाएर आयल निगमलाई पठाएको थियो ।
त्यसैका आधारमा निगमले १५ दिनमा २२ करोड घाटा बेहोर्नुपर्ने भएपछि मूल्य समायोजन गरिएको गोइतले बताए । बुधबार गरिएको मूल्य समायोजनबाट निगमलाई पाक्षिक १ करोड ९७ लाख नाफा हुनेछ । निगमलाई बुधबार बढाएको मूल्यअनुसार पेट्रोलमा लिटरमा ५.५० पैसा र मटितेलमा १६ रुपैयाँ २ पैसा नाफा छ । डिजेलमा ७५ पैसा र ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ घाटा रहेको गोइतले जानकारी दिए ।
