कार्यालयका अनुसार पूर्व शहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ बाट उम्मेदवारी दिएकी छन् । चौधरी ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पुरानो निर्वाचन क्षेत्र नम्बर– २ बाट विजयी भएकी थिइन् । यसैगरी निर्वाचन कार्यकालयका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माका अनुसार वाम गठबन्धनकै नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.–२ मा पर्ने सुनकोसी, उदयपुरगढी र रौतामाई गाउँपालिकाको प्रदेशसभामा भेषकुमारी राउतले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् ।
राउत ०७० सालको निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिबाट सांसद बनेकी थिइन् । प्रतिनिधिसभा क्षेत्र नं.–२ मा पर्ने ताप्ली गाउँपालिका र कटारी नगरपालिका प्रदेशसभाका लागि वाम गठबन्धनबाट एमालेकी नेत्री कला घलेले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् । यता, राप्रपा (प्रजातान्त्रिक) बाट नेत्री माला तामाङको उम्मेदवारी दर्ता भएको अधिकृत शर्माले बताए । ‘उम्मेदवार मनोनयन गर्ने अधिकांश पुरुष छन’, उनले भने, ‘महिलाको उल्लेख्य सहभागिता भने पाइएको छैन ।’ मुख्य निर्वाचन अधिकृत शर्माका अनुसार उदयपुरमा विभिन्न १६ राजनीतिक दल र छ जना स्वतन्त्रबाट उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
