बजाज र्यालीको २७ दिने यात्रामा बजाज आरइ स्वरोजगार ¥यालीले बिर्तामोड, दमक, बिराटनगर, इटहरी, इनरुवा, गाईघाट, लहान, जनकपुर, बर्दिबास, लालबन्दी, चन्द्रनिगाहपुर, बिरगंज, हेटौडा,भरतपुर, पर्सा,चनौली, बर्दघाट, बुटवल, भैरहवा, चन्द्रौटा, तुलसीपुर, सुर्खेत , नेपालगंज, टिकापुर, धनगडी, अत्तरिया र महेन्द्रनगर सम्म लगभग ३००० किलोमिटरको यात्रा तय गरेको थियो । ¥यालीले निकै लोकप्रियता हासिल गरेको थियो । ¥यालीको दौरान भरि लगभग २००० वटा सोधपुछ र लगभग १००० वटा टेष्ट ड्राइभ भएको थियो । ¥यालीको दौरान भरि ५०,००० भन्दा बढि मानिसहरुको सहभागीता र ¥याली अबलोकन गरेका थिए । ¥याली सफल बनाउन स्थानीय डिलरहरुको प्रमुख भुमिका रहेको थियो ।
यो ¥यालीको उद्देश्य बजाज आरइको बारेमा जनचेतना अभिवृद्धि गराउनु हो र यस मार्फत स्वरोजगारका लागि हुने उत्कृष्ट लाभहरुको बारेमा जानकारी दिनु हो र ‘डेढ लाखमै स्वरोजगार’ बनाउनु हो । यो ¥यालीले मुख्य गरी नेपाली युवाहरुलाई रोजगारीको अवसरको बारेमा तथ्यगत जानकारी दिँदै नेपालमा नै राम्रो रोजगारीको अवसरहरु भएको बारेमा उनीहरुलाई सुनिश्चित तुल्याउनु हो । विदेशी मुलुकहरुमा काम गर्नुभन्दा स्वदेशमा नै काम गर्नु उपयुक्त हो । बजाज आरइ स्वरोजगारका साथमा आबद्ध भएर परिवर्तन स्वीकार गर्दै उत्पादकत्व अभिवृद्धि र आयसिर्जना गतिबिधिमा लाग्न सकिन्छ । बजाज आरइमा गरेको लगानीले पहिलो दिनदेखि नै वित्तिय लाभ दिन्छ, जसले यसको मूल नारा ‘एउटा यस्तो लगानी जसले गर्छ शुरुको दिन देखिनै आम्दानीलाई सार्थक पार्दछ ।
नेपालमा स्वरोजगारी सिर्जना गराउने उद्देश्यका साथ, विश्वको नम्बर १ थ्रीह्विलर्स ब्राण्ड बजाज आरइ नेपालभर बिक्री भईरहेको छ, जसले वैदेशिक रोजगारीबाट फर्किएका र यहाँ संघर्ष गरिरहेका कामदाहरुलाई रोजागारी सिर्जनाको अवसर प्रदान गर्दछ । बजाज आरइ संभावनाहरुमा केन्द्रित रहेको छ, जो वैदेशिक रोजगारीमा जाने योजनामा छन् वा यो विदेशबाट फर्किएका छन् ।
