भूमिगत समुहका चार जना पक्राउ

प्रकाशित समय 9:34:00 AM
मनिका झा 
जनकपुर, १७ कार्तिक । विभिन्न अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बिहीबार धनुषा प्रहरीले कमला नगरपालिका ७ बस्ने ३२ वर्षीय विजय महतोलाई पक्राउ गरेको छ ।
आफूलाई तराई राष्ट्रिय जनतान्त्रिक पार्टीको सैन्य कमाण्डर बताउने र सिरहाको मिर्चैयामा माओवादी नेता लालु खानलाई गोली हानी घाइते बनाएर फरार अभियुक्त महतोलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीविरुद्ध ज्यान मार्ने उद्योग तथा संगठित अपराधमा संलग्न भएको अभियोग लगाइएको छ ।
त्यस्तै विभिन्न मितिमा तराई राष्ट्रिय जनतान्त्रिक पार्टीका संलग्न अन्य तीनजनालाई पनि प्रहरीले पक्राउ गरि मुद्दा चलाएको हो । पक्राउ पर्नेहरुमा ठाडीझिजा ४ निवासी ३५ वर्षीय प्रमोद ठाकुर, कमला नगरपालिका ७ निवासी २४ वर्षीय विष्णुदेव सहनी, सोही स्थानका दिपकुमार महतो र २० वर्षीय छोटकन ठाकुर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »