सप्तरी–२ बाट उपेन्द्र यादव

प्रकाशित समय 11:16:00 AM
राजविराज, १६ कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा निर्वाचनका लागि गृहजिल्ला सप्तरी क्षेत्र नं २ बाट आज मनोनयन दर्ता गराएको छ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी फोरमबीच २ नं प्रदेशमा भएको चुनावी तालमेलअनुसार महादेवा गाउँपालिका जन्मघर भएका यादवले मनोनयन दर्ता गराएको हो । त्यस्तै प्रदेशसभाअन्तर्गत सप्तरी क्षेत्र नं २ (क) बाट फोरम नेपालका शैलेन्द्रप्रसाद साह र ख बाट राजपाका महासचिव मनिषकुमार सुमनले मनोनयन दर्ता गराएको छ । त्यस्तै सोही क्षेत्रमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनका तर्फबाट माओवादी नेता एवं पूर्वमन्त्री उमेश यादवले मनोनयन दर्ता गराएको छ । यसैबीच राजपाबाट टिकट नपाएका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र रुपमा तथो राजपाकै लक्षमण यादवले प्रदेशसभाको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै सोही क्षेत्रबाट नेपाली काँग्रेसका सकलदेव सुतिहारले मनोनयन दर्ता गराएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »