प्रअ मण्डलले विद्यालयका पूर्व व्यवस्थान समिति अध्यक्ष गंगाप्रसाद साहको अध्यक्षतामा अन्य केहि नयाँ सदस्यलाई थपेर आन्तरिक रुपमै अवैद्य समिति गठन गरेको स्थानीयको आरोप छ । अवैद्य समितिबाट प्रअ मण्डलले पैसाको चलखेल गरि प्रक्रिया पु¥याएर दरबन्दीमा २ वटा र विद्यालयको अनुदान कोटामा २ वटा गरि ४ जना शिक्षक नियुक्त गरेको रहस्य खुलेपछि स्थानीयहरु आक्रोसित भएको अविभाक कृष्णकुमार महतोले जानकारी दिए ।
स्थानीयको विरोध पश्चात गत ओज ३१ गते विद्यालयका प्रअ मण्डलले गाउँपालिकाका जनप्रतिनिधी, स्थानीयदलका प्रतिनिधी र अभिभावकहरुको सर्वपक्षीय बैठकमा आन्तरिक रुपमा गरिएको अवैद्य समिति विघटन गरेको निर्णय गरेका थिए । त्यस अनुसार उक्त अवैद्य समितिले गरेको शिक्षक नियुक्ति खारेज हुने समेत जनाएको थियो । तर विघटिन समितिले गरेको शिक्षक नियुक्ति खारेज नगर्दा र समितिलाई काम चलाउकै अवस्थामा राखोपछि आक्रोसित स्थानीय बासिन्दा, स्थानीय राजनीतिक दल नेकपा एमाले, माओवादी केन्द्र, राजपा नेपाल र संघीय समाजवादी फोुमका प्रतिनिधी तथा अभिभावकहरुले तलाबन्दी गरेको स्थानीय कुशेश्वर महतोले जानकारी दिए ।
अवैद्य व्यवस्थापन समिति विघटन, उक्त समितिले गरेको शिक्षक नियुक्ति बदर र पैसाको चलखेलमा गलत गतिविधि गर्ने प्रअ तथा समितिका पदाधिकारीहरुलाई कार्वाहीको माग स्थानीयबासिन्दाले गरेका छन् । मागहरु पुरानभएसम्म विद्यालयमा तालाबन्दी जारी रहने उनीहरुले जनाएका छन् ।
स्थानीयबासिन्दका अनुसार प्रअ मण्डल र व्यवस्थापन समतिले एक जना शिक्षकको नियुक्ति गर्न तीन लाखदेखि पाँच लाख रुपैँयासम्म लिएको आरोप छ । जसको केहि प्रमाणहरु फेलासमेत परेको स्थानीबासिन्दाको दावी छ ।
यता बटेश्वर गाउँपाकिला अध्यक्ष डम्बरबहादुर राउतले प्रअ मण्डल र केहि व्यक्तिहरुको गुटले विद्यालयमा कानुन विपरीत कार्य गरिरहेकाले त्यस्ताहरुलाई छानविनको दायरामा ल्याई कार्वाही गर्न र विद्यालयको पठनपाठनको अवस्था सुधारको लागि आफुले आफ्नो ठाउँबाट प्रयास गरिरहको बताए ।
