सामूहिक बलात्कारका आरोपीहरु फरार

प्रकाशित समय 8:01:00 AM
रितेश त्रिपाठी
वीरगन्ज, २३ कार्तिक । नवनिर्वाचित वडा अध्यक्षका छोरासहितकाको संलग्नतामा पर्साको सखुवा पर्सौनी गाउँपालिकामा १६ वर्षे किशोरीसँग सामूहिक बलात्कर भएको घट्नामा पर्सा प्रहरीले दुई जनामाथि मुद्दा दायर गरी अनुसनधान बढाएको छ । गत १२ गते भएको घटनाका संलग्न पक्षका आफन्तले पैसा दिएर मामिला मिलाउन लागि परेको कुरा बाहिरिएको थियो ।
सामूहिक बलात्कारको प्रतिकार गर्दा कुटपिटको शिकार भएको बालिकको बाँया हात भाँचिएको छ ।  ‘त्यो दिन बिहान करिब ११ बजेतिर म घास काटिरहेको थिएँ । गाउँका मुख्तार अन्सारी र अन्सारी बाबु भन्ने मोटरसाइकलमा आए ।  मेरो हसिँया खोसेर फालिदिए र मुख थुनेर मोटरसाइलकमा बसाए । हल्ला गरे मारेर फालिदिने धम्की दिए,’ किशोरीले भनिन् ।
आरोपीहरु भागेर भारत पसेको हुनसक्ने प्रहरी जानकारी गराएको छ । ’आरोपीहरु भागेर भारत पुगेका छन् । अनुसन्धान अगाडी बढिरहेको छ । हामीले बालिकाको शारीरीक परिक्षण गराएर रिपोर्ट मगाईसकेका छौं,’ पर्सा प्रहरी कार्यालयका स्रोतले भने । यस घटनाको विरोध गर्दै वीरगन्जमा प्रदर्शन भएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »