मतपेटिका सुरक्षित रुपमा संकलन गर्नु चुनौती : प्रमुख निर्वाचन आयुक्त यादव

प्रकाशित समय 8:02:00 AM
काठमाडौं, २३ कार्तिक । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदान केन्द्रको व्यवस्थापन र सुरक्षित रुपमा मतपेटिका संकलन गर्नु आयोगको अहिलेको चुनौती रहेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तथा निर्वाचन आचारसंहिताका बारेमा नेपाल सरकारका मुख्य सचिव र सचिवलाई जानकारी गराउने उद्देश्यले बिहीबार आयोजित छलफल कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । निर्वाचनमा खटिने कर्मचारीमा स्वच्छ र स्वतन्त्र भूमिका एवम् व्यवहार प्रदर्शन, प्रभावकारी मतदाता शिक्षा, निर्वाचन सामग्री व्यवस्थापनको काम पनि चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।
आगामी निर्वाचनलाई ऐतिहासिक रुपमा सफल तुल्याउन दृढता र प्रतिबद्धताका साथ अघि बढिरहेको उनले बताए । उनले जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने पक्षलाई निरुत्साहित र नियन्त्रण गर्न निर्वाचन आचारसंहिता पालनामा आयोगले जोड दिइरहेको उल्लेख गरे । सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले मुलुकको प्राथमिकताको सूचीमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन आवश्यक शान्तिसुरक्षा, स्रोतसाधन र जनशक्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »