गोलबजार , १८ कार्तिक । सिरहाको चोहर्वास्थित नयाँ गोरखगणको आयोजनामा सम्पन्न खुल्ला रक्तदान कार्याक्रममा एक सय २२ जनाले रक्तदानगरेका छन् । सिरहो चोहर्वास्थित नेपाल रेडक्रस सोसाइटीको सामुदायीक भवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रक्तदान गरेका हुन् ।

को १० दिवसिय वृहत निःशुल्क शल्यक्रिया शिविरको लागि रगतको अभाव हुने भएपछि आयोजकको अग्रह अनुसार रक्तदान कार्यक्रमको आयोजना गरेको गणपति मनोज भण्डारीले जनाए ।
शिविरमा कम्तिमा तीनसय पाउण्ड रगत आवश्यक पर्ने आयोजकले जनाएको छ । तर सो अनुपातमा सिरहा रेडक्रसले संचालन गरेको रक्त संचारकेन्द्रमा रक्त नभएकाले रक्तदान कार्याक्रम आयोजना गरेको जनाएको छ
संचारकेन्द्रमा एकसय ६५ पाउण्डमात्र रक्त जगेडा रहेकोले आश्यक रक्तदानमा हयोग गरिदिन अनुरोध आफ्नो गणले रक्तदान कार्याक्रमको आयोजना गरेको गणपति भण्डारीले जनाए ।
यता सिरहामा मासिक पाँचसय पाउण्ड रक्त खपत हुने गरेको नेपाल रेडक्रस सोशाइटी सिरहाका अध्यक्ष राजदेव यदवले जनाए । उनले तर त्यसअनुसार जिल्लामा रक्त उपलव्ध नहुँदा विरामीका आफन्तले अन्यत्रबाट ल्याउने पर्ने समस्या रहेको जनाए ।
