महोत्तरी जिल्लाको बेलगाछी–८ भंटाबारी घर भएका २५ वर्षका नेपाली सेनाका जवान विजयकुमार महतो बेहोस अवस्थामा फेला परेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । केही बोल्न नसक्ने गरी बेहोस भएका जवान महतोलाई प्रहरीले बर्दिबासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा पठाएको छ ।
शुक्रबार आफू कार्यरत ब्यारेकबाट दुई दिनको छुट्टीमा घर आएका जवान महतो आइतबार बिहान खाना खाएर ब्यारेक फर्किदै गर्दा उनी ब्यारेक फर्किन सकेका थिएनन् । मंगलबार उनी कार्यरत ब्यारेकबाट जवान महतो फिर्ता नआएको भन्दै परिवारजनलाई खबर भएपछि परिवारजनले मंगलबार बेलुका नै इलाका प्रहरी कार्यालय, गौशालामा हिँडिसकेको खबर गरेपछि मंगलबार रातिदेखि जवान महतोको खोजीमा परिवारजन, छिमेकी र प्रहरीसहितको टोली जंगलमा खोज्न गएका थिए ।
तर प्रहरीसहितको टोलीले बुधबार अबेर बेलुका मात्रै जवान महतोलाई गौशाला–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको एक खोल्साको बालुवामा भाँसिएर बेहोस अवस्थामा फेला पारेको प्रहरी निरीक्षक पोखरेलले बताए । जवान बिल्कुलै बोल्न नसक्ने अवस्थामा फेला परेपछि प्रहरीले उनलाई बुधबार अबेर साँझ बर्दिबासस्थित जनसेवा अस्पतालमा ल्याएर प्राथमिक उपचार गराए पनि उनको अवस्थामा कुनै सुधार नआएपछि गएराति उनलाई काठमाडौँको छ । उनीस्थित नेपाली सेनाको अस्पतालमा पठाइएको र अहिले उनको उपचार सोही स्थानमा भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए ।
जवान महतोको कसैले कुटपिट गरी हत्या गर्ने प्रयास गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ भने जवान महतो बोल्ने भएपछि मात्रै सही कुरो बाहिर आउने इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
