प्रदिप गिरीको आगमनले तरंग

प्रकाशित समय 7:23:00 AM
लहान, २० कार्तिक । कांग्रेसका बौद्धिक नेता प्रदीप गिरी २०५१ सालमा सिरहा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित भए । पाँच वर्षपछि (२०५६ साल) सोही क्षेत्रबाट उनी एमाले उम्मेदवार धर्मनाथप्रसाद साहबाट झिनो १०४ मतले पराजित भए । त्यसपछि पहिलो र दोस्रो संविधानसभा निर्वाचन (२०६४ र २०७० साल) मा समानुपातिकबाट संविधानसभा सदस्य भए ।
१८ वर्षपछि पुनः गिरी प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । यसपालि उनी सिरहाकै क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धी छन् । सोही क्षेत्रबाट यसपालि एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार गंगाप्रसाद यादव तथा फोरम–राजपा गठबन्धनका साझा उम्मेदवार राजलाल यादव पनि चुनावी प्रतिस्पर्धामा छन् ।
आफूले निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवारी नदिएर १ बाट उम्मेदवार बन्नुको कारण खुलाउँदै गिरीले भने, ‘फोरम राजपाका शीर्ष नेतृत्वकै सहमतिमा मैले यस क्षेत्रबाट उम्मेदवारी दिएको हुँ ।’ क्षेत्र नम्बर ४ मा राजपा अध्यक्ष मण्डलका नेता एवं फोरम राजपा गठबन्धनका साझा उम्मेदवार राजकिशोर यादव उम्मेदवार छन् ।
विचारधाराको चुनाव गर्न गिरीको आग्रह ः सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप गिरीले आगामी निर्वाचनमा जनताले व्यक्तिको चुनावभन्दा पनि विचारधाराको चुनाव गर्नुपर्ने धारण राखेका छन् । शनिबार लहानमा प्रेस युनियनले आयोजनामा भएको पत्रकार भेटघाटमा गिरीले भने, ‘वाम र लोकतान्त्रिक विचारधाराको चुनाव आगामी निर्वाचनबाट जनताले गरुन् ।’
‘लोकतान्त्रिक विचारधारमा दसनंग्रा खियाएर काम गर्ने मजदुर र प्रधानमन्त्री दुवैको महत्व बराबर हुन्छ’, गिरीले भने, ‘वाम विचारधारामा व्यक्ति प्रधान हुन्छ, यो अधिनायकवादी विचारधारा हो । कुनै पनि वाद अन्तिम सत्य होइन तर वाम विचारधारामा यस्तो पाइन्छ जुन अधिनायकवादी विचारधारा हो ।’ आगामी निर्वाचनमा व्यक्तिभन्दा पनि विचारधाराको पक्षमा मतदान गर्न मतदातालाई उनले आग्रह गरे ।
वाम र लोकतान्त्रिक गठबन्धनको नाममा राजनीतिक ध्रुवीकरण तेज भएका बेला गिरीले भने, ‘पैसा र जात होइन, विचारधाराको चुनावमा मधेसका मतदाता केन्द्रित हुनुपर्छ ।’ विचारधाराको चुनावको पक्षमा मतदातामाझ मात्र नभई मिडियामा पनि बहस प्रारम्भ हुनुपर्ने गिरीको धारणा थियो ।
‘मधेस मुद्दा सम्बोधन गराउन मैले संसद्मा खेलेको भूमिकाबारे मधेसीजन जानकार छन’, गिरीले भने, ‘मैले मधेसको सवालमा बोलेर, लेखेर खेलेको भूमिका नै मेरो आत्मविश्वास हो, मधेसीजनको भोट मेरो पक्षमा खस्छ । जुन संविधान जारी हुँदा दर्जनौं मधेसीले सहादत दिए त्यो संविधानमा मेरो हस्ताक्षर छैन यही हो मेरो उम्मेदवारीको औचित्य’, उनले भने, ‘मधेसी अधिकारका लागि मैले संसद्समेत बहिष्कार गरेको छु, आफ्नै पार्टी नेतृत्वको सरकारको समेत आलोचना गरेको छु ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »