भन्सार कार्यालयका कर्मचारीहरुको गस्ती टोलीले चोरी पैठारीमा संलग्न चार जनासहित भन्सार छलेर ल्याएको २४ लाख रुपैयाँ मूल्य बराबरको लत्ता कपडाका सामानहरु बरामद गरेको थियो ।

त्यसैगरी असोज ३० गते सोमबार दिउसो करीब ४ बजेको समयमा भन्सार कार्यालयका कर्मचारीहरुको गस्ती टोलीले सिरहा जिल्ला लहान नगरपालिका भोटियाटोल नजिकबाट अन्य दुई जना मानिस सहित करिब दुई लाख रुपैयाँ मूल्य बराबरको कपडासमेत पक्राउ गरेको थियो ।
पछिल्लो समयमा राज्यले निर्धारण गरेको राजश्व असुलीमा पचास प्रतिशतसम्म गिराबट आएपछि चोरी पैठारी र निकासी नियन्त्रण गर्न नियमित गस्ती टोली परिचालन गरिएको छ ।
नेपाल भारत खुल्ला सीमाका कारण पछिल्लो केही समयदेखि भारततर्फबाट भन्सार छलेर व्यापक रुपमा चोरी पैठारी भइरहेको राजस्व असुलीले पनि पुष्टी गरेको छ । चोरी पैठारी बढेपछि पछिल्लो साउनदेखि नै राजश्व असुलीमा ५० प्रतिशतले गिरावट आएपछि लक्ष्य अनुसारको राजश्व असुली गर्न सकिएको छैन ।
सीमित जनशक्तिको कारण आवश्यकताअनुसार गस्ती परिचालन गर्न नसकिने, यकिन सुचनाको कमी तथा तस्कर संजाल र तिनीहरुबाट मोटरसाईकल र मोबाईलको ब्यापक प्रयोगले गर्दा चोरी पैठारी र निकासी नियन्त्रण गर्न कठिनाई परेकोले दैनिक रुपमा लाखौं मूल्य बराबरको सामानहरु भन्सार छलेर भित्रिरहेको हुन सक्ने सम्भाबना रहेको छ ।
कार्यालयले चालु आर्थिक वर्षको साउन ५६, भदौ ६२ र असोजमा ४० प्रतिशत मात्र राजश्व असुली गर्न सकेको छ ।
