सुनसरीमा बाम गठबन्धनभित्र दरार

प्रकाशित समय 9:10:00 AM
 प्रदीप मेन्याङ्बो
धरान, १५ कार्तिक । प्रतिनिधि र प्रदेशसभा उम्मेदवारीको  विषयमा भागबण्डा नमिल्दा सुनसरीमा एमाले–माओवादी केन्द्रको गठबन्धन धरापमा परेको छ । एमाले र माओवादीको केन्द्रीय तहमा गरेको निर्णयप्रति चित्त नबुझेको भन्दै माओवादीको सुनसरी निर्वाचन परिचालन समितिले आपत्ति जनाएको छ ।
एमालेले सुनसरीमा २ नम्बर क्षेत्रको एउटा प्रदेशसभा र ४ नम्बर क्षेत्रको ख मात्र माओवादी केन्द्रलाई दिने अडान लिएपछि एमाओवादीले आपत्ति जनाएको हो । एमाओवादीले ६०÷४० को मापदण्ड अनुसार ६ बुँदे सहमति उल्लंघन भएका भन्दै सीट बाँडफाँड नमिले स्वतन्त्र उम्मेदवारी दिने निष्कर्षमा पुगेको माओवादीको निर्वाचान परिचालन समितिका संयोजक मुक्सामहाङ मेन्याङ्बोले बताए । उनले भने, ‘सुनसरीमा प्रतिनिधिसभाका लागि ४ सिट र प्रदेशसभाकालागि ८ सिट गरी १२ सिट रहेका छन् । ती मध्ये ६०÷४० को सहमतीअनुसार हामीलाई पाँच सिट दिनु पर्छ ।’
माओवादी केन्द्रले सुनसरीमा क्षेत्र नं. १ बाट  प्रतिनिधिसभा र एउटा प्रदेशसभा, क्षेत्र नं. २ ख प्रदेशसभा, क्षेत्र नं. ३ ख बाट र क्षेत्र नं. ४ ख  माग गरेको छ । एमालेले सुनसरीको क्षेत्र नं. १ मा आफ्नो पकड भएको भन्दै उक्त क्षेत्रको क मा धरान इन्चार्ज प्रदीप भण्डारी र ख मा एमाले केन्द्रीय सचिव भीम आचार्यले उम्मेदवारी पाउनु पर्ने भन्दै सर्वसम्मतले सिफारिस गरिसकेको छ । आचार्य प्रदेश नम्बर १ को मुख्य मन्त्रीको आकांक्षी समेत हुन् । माओवादीले प्रदीप भण्डारीको ठाउँमा पोलिटव्युरो सदस्य मुक्सामहाङ मेन्याङ्बोलाई उम्मेदवारी दिनुपर्ने माग गर्दै आएको छ ।
गठबन्धनको घटकले उम्मेदवारी मनोनय गर्नु एक दिनमात्र बाँकी रहँदा माओवादी केन्द्रले वखेडा झिकेपछि एमालेले सुनसरीमा कसरी मिलाउने भन्नेमा दवाव परेको छ । एमाले धरानका कार्यवाहक अध्यक्ष नारायण सुवेदी भने, ‘वडा सदस्यसमेत जित्न नसकेको स्थानमा माओवादी केन्द्रले गठबन्धनको नाममा सीट माग्नु नसुहाउने कुरा रहेको बताउँछन् ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »