उपेन्द्र यादवका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएनन

प्रकाशित समय 8:30:00 AM
शुभनारायण यादव
सप्तरी, १९ कार्तिक । मधेसी गठबन्धनबाट सप्तरी–२ मा उम्मेदवार बन्नुभएका संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् ।
यादवविरुद्ध राष्ट्रिय जनता पार्टी नेपालका सह महामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ । उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्मको समय निर्धारण गरेको थियो । नेताहरुले ठाकुरलाई मनाउने प्रयास गरे  पनि ठाकुरले उम्मेदवारी फिर्ता लिएन । ठाकुरले बरु पार्टी छोड्न तर उम्मेदवारी फिर्ता नलिने अडान दिएको पार्टी श्रोतले जनाएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनविरुद्व फोरम नेपालका भीमराज यादवले दिएको बागी उम्मेदवारी भने फिर्ता लिनुभएको छ । तर सुमन विरुद्ध लक्ष्मण यादव दिएको बागी उम्मेदवारी भने फिर्ता भएको छैन । सुमन प्रदेशसभा २ को (ख) बाट उम्मेदवार बन्नुभएको छ ।
यता सप्तरीमा दुवै गठबन्धनमा बागी उम्मेदवारको बिगबिगी निकै बढेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध जय प्रकाश ठाकुर, पूर्वसिंचाईमन्त्री उमेश यादवविरुद्ध केदार देव, राजपा नेपालका मृगेन्द्र कुमार सिंह यादवविरुद्ध उनकै भाइ फोरम नेपालका अनिरुद्ध प्रसाद सिंह यादव, राजपा नेपालका मनिष सुमनविरुद्ध लक्ष्मण यादव बागी उम्मेदवारी दर्ता गराएको छ ।
त्यस्तै एमालेका सत्य नारायण मण्डलविरुद्ध एमालेकै बागी उम्मेदवार एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहनुभएका प्रकाश खतिवडा र राजपा नेपालका केन्द्रीय उपाध्यक्ष नवलकिशोर साहविरुद्ध फोरम नेपालका शम्भु झाले बागी उम्मेदवारी दर्ता गराएको छ ।
यता सप्तरीको ४ प्रतिनिधि सभा सदस्यका लागि ५९ जना , ८ प्रदेश सभा सदस्यका लागि १०९ तथा दुवैतर्फ बागीं स्वतन्त्र ६२ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »