
बाढीको कारणले घर बगाएपछि जेनतेन गुजारा गर्दै आएका यादवलाई मानवअधिकारको क्षेत्रमा काम गदै आएका थर्ड एलायन्स महोत्तरीले घर बनाई हस्तान्तरण गरेपछि उनीहरु खुशी देखिएका छन् ।
बाढीपीडितको स्वयमको सहयोग, अधिवक्ता दिपेन्द्र झाको पहलमा थर्ड एलायन्सले एक महिनादेखि घर बनाउन लागेका थिए । घर बनेपछि अधिवक्ता झाले एक कार्यक्रमबीच शुक्रबार बाढीपिडित यादवलाई घर हस्तान्तरण गरेको थर्ड एलायन्स महोत्तरीका प्रमुख किरण कर्णले जानकारी दिए ।
भदौ महिनामा आएको बाढीको कारणले घरबारविहीन भएका यादवले थर्ड एलायन्सले राहत दिन लाग्दा उनले घर बनाइदिन अनुरोध गरेपछि बाँस, काठ तथा सिमेन्ट मिश्रित दुई कोठे घर निर्माण गरी हस्तान्तरण गरिएको कर्णले जानकारी दिए ।
घर बनाउन करिब ८० हजार लागेको जानकारी दिँदै कर्णले बाढीपीडित स्वयम्को समेत घर निर्माणमा सहयोग रहेको बताए । घर पाएपछि यादवसँगै ६ जनाको परिवारमा खुशियाली छाएको छ भने उनीहरुले चिसोमा बाहिर खुल्लामा सुत्नेबाट जोगिएको बताए ।
