अस्पतालमा प्रत्येक वर्ष गरिब, असहाय तथा अपाङ्क बिरामीका लागि रकम निकासा हँुदै आए पनि खर्च नभएर फ्रिज हँुदै आएको थियो । यस आर्थिक वर्षमा जनकपुर अञ्चल अस्पतालका लागि नेपाल सरकारले ३ लाख रुपैयाँ निकासा दिएइसकेको र खर्च अनुसार रकम ल्याउन समस्या नहुने भएकाले अबदेखि अस्पतालमा आउने सम्पूर्ण गरिब, असहाय तथा अपाङ्कहरुलाई दैनिक दुई छाक खाना उपलब्ध गराउने मेडिकल सुपरिडेन्टेन्ड रामपरिक्षण यादवले बताए ।
गएको वर्षदेखि अस्पतालमा भर्ना भएका गरिब, असहाय तथा अपाङ्क बिरामीहरुलाई गरिबहरुलाई सकेसम्म असहाय मञ्चका अध्यक्ष एवं समाजसेवी बैद्यनाथ साहले आफ्नै तर्फबाट खाना एवं औषधि उपलब्ध गराउँदै आएको थियो । समाजसेवी साहकै अगुवाईमा जनकपुर अञ्चल अस्पतालमा वर्षौदेखि फ्रिज हुँदै आएको खानाको रकम अबदेखि गरिब, असहाय बिरामीहरुकै खानामा खर्च गरिने डा. यादवले बताए ।
खानाका लागि ५० रुपैयाँ प्रति प्लेटका दरले जनकपुर उपमहानगरपालिका १० बस्ने गोविन्द होटलका संचालक संजय साहले ठेक्का लिएको छ । उनले अस्पतालमै आएर अस्पतालद्वारा सिफारिस भएका विरामी र उनका कुरुवालाई खाना उपलब्ध गराउने बताए । अब निःशुल्क खाना पाउने भएपछि गरिब असहायहरु खुशी भएका छन् ।
