राजविराज बस दुर्घटनाः मृतकलाई क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

प्रकाशित समय 7:52:00 AM
एम.के.माझी
राजविराज, २१ कार्तिक । धादिङको गजुरीमा गत असोज ११ गते २९ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाका मृतक परिवारलाई हालसम्म राज्यबाट कुनै राहत र क्षतिपूर्ति उपलब्ध नगराईएकोमा आव्रmोश ब्यक्त गर्दै यहाँस्थित विभिन्न संघ संस्थाले मंगलवार प्रमुख जिल्ला अधिकारी मार्पmत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई अविलम्व पहल गर्न माग गरेको छ ।
राजविराज नगरपालिकाको उपमेयर साधना झा र उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानको अगुवाईमा सगरमाथा यातायात संघ, पत्रकार महासंघ, नागरिक समाज, अन्तरपार्टी महिला सञ्जाल तथा पूर्व कर्मचारी सेवा परिषदका प्रतिनिधि सम्मिलित टोलीले प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे मार्पmत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापनपत्र मार्पmत घटनाको यति दिन वितिसक्दा सरकारको तर्पmबाट सम्वेदनाका दुई शब्द र मृतक परिवारलाई आवश्यक क्षतिपूर्ति दिने सवालमा कुनै पहल नभएकोमा तीव्र असन्तुष्टि जनाउँदै यसतर्पm अविलम्व पहल गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा मादक पदार्थ सेवा गरी बस चलाउने चालक र क्षमताभन्दा बढी यात्रु बोक्ने कार्यलाई रोक्ने निकाय ट्राफिक प्रहरी दुवैको लापरवाहीले २९ जनाको ज्यान गएको उल्लेख गर्दै सो को छानविन गरी दोषी माथि कडा कारवाही गर्न माग समेत गरिएको छ ।
सो दुर्घटनामा मृत्यू भएका २९ जना मध्ये २५ जना सप्तरीकै थिए । दुर्घटनामा बेपत्ता भएका सप्तरीकै ३ जनाको अभैm अत्तोपत्तो छैन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »