होनहार युवा नेता राजकपुर यादवको संक्षिप्त जिवनी

प्रकाशित समय 7:51:00 AM
बस दुर्घटनामा परेर राजनीतिज्ञ एंव समाजसेवी राजकपुर यादवको ज्यान गएको छ । राजविराजदेखि काठमाण्डौको लागि छुटेको सन्देश बस धादिगंको गजुरी स्थित त्रिशुली नदीमा बस दुर्घटनामा २०७४ साल कार्तिक ११ गते यादवको ज्यान गएको छ ।
स्वर्गिय यादव महापर्व छठ मनाएर चुनावी गतिविधिमा सहभागि हुन काठमाण्डौ जाँदै हुनुहुन्थ्यो । स्वर्गिय यादवको संक्षिप्त जिवनी । सिरहा जिल्ला गा.वि.स. चन्द्रलालपुर वार्ड न. ६ हाल गोलबजार न.पा. वार्ड न. ८ निवासी स्वर्गिय राजकपुर यादव पिता दुखि यादव र माता महावति यादवको कोखबाट २०२५ सालमा जन्म लिई पृथ्वीमा पैदा भएको थियो । यादव वाल्यकाल अवस्थादेखि नै मेघावी, चञ्चल, तेज स्वभावको हुनुहुन्थ्यो । वहाँ गोलबजार स्थित जनता माध्यमिक विद्यालयमा कक्षा १ देखि कक्षा एस.एल.सी सम्म अध्ययन गर्नु भएको थियो । वहाँ वाल्यकालदेखि नै आफ्नो पितासँगै अष्टयाम, भजन किर्तनमा लाग्दै नृत्य गीत गाउनुको साथै ढोलक र हारमुनियम बजाउनमा बेजोड सिपालु हुनुहुन्थ्यो ।
वहाँ एस.एल.सी उत्तीर्ण पछि भविष्यमा डाक्टर बन्ने उद्देश्य राखी भारत विहारको मधुवनी स्थित आर.के. काँलेजबाट आइ.एस.सी र बि.एस.सी प्रथम श्रेणीमा उत्तीर्ण गर्नु भएको थियो । विज्ञानमा ‘ग्राजुएट’पछि भविष्यमा डाक्टर पेशा तर्फ नगई शिक्षण पेशा तर्फ मोड लिनु भयो । २०४८ सालदेखि २०५८ साल सम्म वखलढुंगाा जिल्ला स्थित सरकारी हाई स्कूलमा मा.वि. विज्ञान शिक्षक हुँदै हाई स्कूलको प्रधानाध्यापक भई कुशल प्रशासकको रुपमा काम गर्नु भएको थियो ।
वहाँ राजनीति र समाजसेवामा रुची राख्दै २०५६ को आम चुनावमा नेपाली काँग्रेस पार्टीको उम्मेदवार चन्द्रनारायण यादवको घनिष्ठ भएर वहाँको विस्वास पात्र हुन सफल हुनु भएको थियो । वहाँ २०५८ सालमा सरकारी नोकरी छाडेर राजनीति र समाजसेवामा पूर्णकालिन रुपमा जनताको सेवामा लाग्नु भयो । वहाँ निडर, साहसी र चतुर नेताको रुपमा छवि बनाउन लाग्नु भयो । वहाँ जनताको सेवामा निष्ठापूर्वक राजनीतिमा लाग्दै गैर सरकारी संस्थाको रुपमा स्थापित उदय युवा कलबको अक्ष्यक्ष पदमा निर्वाचित भई बि.स. २०५८ देखि २०६२ सम्म क्लबको नेतृत्व गर्दै गरीव, असहाय, दलित समुदायको हक हित को लागि बहुत सक्रियतासाथ सामाजिक कार्यमा लाग्नु भयो ।
वहाँ आफ्नै नेतृत्वमा विभिन्न दातृ निकाय तथा स्थानिय निकायसँग समन्वय गरी वन अधिकार, जनवकालत, गरीव दलित विपन्न समुदायको गरीवी निवारण आदी जस्ता लोकप्रिय कार्यक्रम मार्फत जनता सेवामा पनि लाग्नु भयो । वहाँ पछिल्लो चरणमा राजनीतिक उचाई तीव्र गतिमा लिइ रहनु भएको थियो । वहाँ नेपाली काँग्रस पार्टीको महासमिति सदस्य तथा नेपाली काँग्रस पार्टीको भातृ संगठनको रुपमा रहेको नेपाल साँस्कृतिक संघको केन्द्रिय उपाध्यक्ष भएर सफल कार्यकाल समेत चलाउनु भएको थियो ।
वहाँ स्पष्ट वक्ताको रुपमा आफ्नो चिनारी बनाई सक्नु भएको थियो । यही मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको प्रस्तावित प्रदेश न. २ बाट प्रदेश सभाको लागि समानुपातिक सूचीमा यादव आफ्नो नाम अग्र सूचीमा पार्न सफल हुनु भएको थियो । यादव लोकप्रिय बन्दै एउटा सफल राजनीतिक तथा समाजसेवीको रुपमा दर्ज हुँदै हुन्थ्यो । यादवको एक धर्मपत्नी रेखा तथा दुई सुपुत्र रोशन र शेखर छन् । वहाँको माता पिताको स्वर्गवास भईसकेको छ । यही मिति २०७४ साल कार्तिक ११ गते धादिगंको त्रिशुली नदिमा बस दुर्घटनामा परेर होनहार युवा नेता राजकपुर यादवको देहान्त भयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »