
मधेशको मामलामा नेता गिरिले वारम्वार आवाज उठाउँदै आएका छन् । मधेशको माँग पुरा गराउन उनले खेलेको भुमिका उल्लेखनीय भएको मधेश आन्दोलनको नायक यादवले सुनाए । संविधानमा मधेशका मुद्दामा उनले लिएको अडानमा सधैँ गिरि अडिग रहे । नेता गिरिले संसद पनि वहिष्कार गरे । संविधानमा हस्ताक्षर पनि गरेको छैन् ।
अहिले समाजमा वेरोजगारी समस्या छ । समाज विभिन्न विकृतिले पिडित छ । दिनदिनै भ्रष्टाचार बढिरहेको छ । यी सबैलाई समाधान गर्नको लागि प्रदिप गिरि जित्नु आवश्यक रहको यादवको तर्क छ । गिरि वाहेक अन्य व्यक्ति जो अहिले मधेशको नामममा उम्मेदवार बनेकाहरु केही गर्न नसक्ने उनले बताए । उनीहरु सधैँ जित्ने र मन्त्री बन्ने लोभमा रहेको उनले आरोप लगाए । मधेशको वारेमा कोहीले केही नगरेको उनले बताए ।
कसरी यादव नायक बनेका थिए ?
२०६३ माघ ४ गते मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा काठमाण्डौंको माइतिघर मण्डलामा तीनदिन अघि जारी गरिएको अन्तरिम संविधान जलाउँदा यादवसहित २८ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको रिहाइको लागि फोरमका तत्कालीन केन्द्रिय सदस्य रहेका कृष्ण वहादुर यादव आन्दोलनलाई उचाईंमा पु¥याउन जोडतोडका साथ लागिपरेका थिए ।
लहानबाट मधेस आन्दोलन अगाडि बढाउन कृष्ण बहादुर यादवको संयोजकत्व, सदस्य सचिव राजेश कुमार गुप्ता, डिल्ले मिझार, विष्णुदेव चौधरी, बालेश्वर यादव, दिनेश्वर गुप्ता, रामचलितर महतो सदस्य रहेको लहान आन्दोलन समिति बनेको थियो । त्यतिखेर आन्दोलन चर्काउन फोरमका समर्थक नभेटिंदा यादवले स्थानीय युवाहरुलाई समेटेर प्रदर्शनलाई अगाडि बढाएका थिए । उनकै अथक प्रयासका कारण आन्दोलनले गति लिन थालेपछि प्रदर्शनको क्रममा माओवादी कार्यकर्ताको गोली लागी माघ ५ गते १७ वर्षीय किशोर रमेश महतोले सहादत प्राप्त गरेका थिए ।
शहिद महतोको मृत्युपछि आन्दोलनलाई दबाउन तत्कालिन सरकार र माओवादीले कैयौं प्रयास गरे पनि कृष्णबहादुर यादवको नेतृत्वको कारण आन्दोलनले झन ठूलो रुप लियो । प्रदर्शनकै क्रममा रमेश महतोको मृत्यु भई आन्दोलन उत्कर्षमा पुगेका कारण मधेशी जनाधिकार फोरम नेपाललगायत सम्पूर्ण मधेशवादी दलहरुले माघ ५ गते लहानमा अवस्थित सहिदहरुको प्रतिमामा माल्यार्पण गर्दै वलिदानी दिवस मनाउदै आइरहेका छन् ।
संविधान सभाको निर्वाचनअघि नै नेताहरुसग विवाद गरी फोरमबाट बाहिरिएका यादवले २०६५ सालदेखि वलिदानी दिवसमा सहभागी हुन छोडेका हुन् । नेताहरुले आपसी स्वार्थको लागि फोरम टुक्रयाई मधेश आन्दोलनको उपलब्धिहरुलाई किनारा लगाएकोले आफू अलग्गै भएर बसेको कथन कृष्णबहादुरको छ ।
सबै मधेसवादी नेता कार्यकर्ताहरुले माघ ५ गते वर्षमा एक दिन सहिदहरुको शालिकमाथि माल्यार्पण गर्ने काम शिवाय मधेसको हीतप्रति अरुबेला चासो नदेखाउने गरेको आन्दोलनका कमाण्डर कृष्णबहादुरले सुनाए । बरु उनले भने म मा विश्वास त्यसैले माल्यापर्ण गरिरहनु पर्दैन मेरो हृदयमै शहिदहरुलाई राखेको छु । उनले मधेस र मधेसीलाई थप अधिकार दिलाउनका लागि प्रदीप गिरिले निर्वाचन जित्नु पर्दछ भने ।
