प्रहरीको हिरासतबाटै थुनुवा फरार

प्रकाशित समय 7:41:00 PM
झापा, १८ कार्तिक । प्रहरीको हिरासतबाटै शुक्रबार राति एक जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवा रोशन माझी शुक्रबार राति फरार भएका हुन् । मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको अवस्थामा उनी फरार भएका हुन् । भद्रपुर घर भएका माझी ७ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा कात्तिक ६ गते पक्राउ परेका थिए । पेट दुखेर सिकिस्त भएका माझी आकस्मिक कक्षको शौचालयको भेन्टिलेशनबाट ८ः४५ बजे फरार भएको प्रहरी स्रोतले जनाएको छ । अस्पताल जाने बित्तिकै उनी शौचालय गएका थिए । माझीले शौचालयको चुकुल लगाई धारा खोलेर भेन्टिलेशनबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णु केशीले जानकारी दिए । फरार माझीको खोजी कार्य भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »