सुनीलकुमार पटेल, भरतकुमार मैनाली र सीताराम अग्रवाल लगायतले छुट्टाछुट्टै हालेको मुद्दामा एकीकृत सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । सानासाना, कानुनी र व्यावहारिक कारण देखाई चुनाव रोकिने परिस्थिति बन्नु लोकतन्त्रको हितमा नहुने भन्दै आदेशमा संवैधानिक, कानुनी व्यवस्था, निर्वाचन प्रणाली र प्रक्रिया सुधार गर्ने कुरा अन्तिम सुनुवाइ हुँदा निरुपण उल्लेख गरिएको छ ।
सर्वोच्च अदालतको आजको आदेशपछि चुनाव सम्बन्धी अदालती र कानुनी जटिलता टुंगिएको छ । बुधबारै विशेष पत्रकार सम्मेलन गरी निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले चुनाव समयमै गर्न सरकार र सम्बद्ध सबै पक्षबाट आयोगलाई सहयोग भइरहेको बताए । चुनाव रोकिने द्विविधामा नपर्न सबैलाई यादवले आग्रह पनि गरेको छ ।
