सिरहा, १८ कार्तिक । शनिबार बिहानैदेखि कमला नदीको दृश्य रोमाञ्चक देखिन्थ्यो । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै थिए ।

हजारौ स्त्री पुरुष दुवैपट्टिका नदीका किनारमा भगत देउता खेल्न खेलिरहेका थिए भने प्रत्येक भगतासँग रहेका १० देखि २० जनाको समूहका ब्यक्तिहरुले भगतालाई प्रश्न
गर्ने गीत गाउनमा व्यस्त थियो ।
आफनो शरीरमा वास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री वोक्साबोक्सी कमला नदीमा स्नानका लागि आएका हुन् । ‘विवाह गरेको सात वर्ष भयो । तर अहिलेसम्म बच्चा जन्माउन सकेकी छैनन् दिनदिनै भूत पनि खेल्छे’, आफनी ३० वर्षीया वुहारी रामवती देवीलाई डो¥याएर इनरुवा घाटमा आहुत सल्काएर भगता नजिक लग्दै गरेकी भारत मधुवनी जिल्लाको साहरघाटकी ५० वर्षिया सासू निर्जलादेवीले भनिन, ‘कुन जोगिया भूतप्रेत पाल्नेले जादु टुनामुना गरेको छ त्यही देखाउन ल्याएको । भगताले झारफुक गरेर बच्चा हुन्छ त भन्ने प्रश्नको जवाफमा ती वृद्धाले भनिन् मेरी जेठी बुहारी रीता देवीलाई कमलामाईकी कृपाले छोरा भएको छ ।’
कात्तिक पूर्णिमाका दिन कमला गंगालगायतका पवित्र नदीमा नयाँ भगता जसको जीउमाथि प्रथमपटक देवताको गात स्थायी हुने र भगताको गुण तन्त्रशक्ति चल्ने विश्वास धामीझाँक्रीको छ । तन्त्रशास्त्र अनुसार तन्त्रसिद्धिका लागि कात्तिक पूर्णिमाका किन पूर्णहुति दिँदा तन्त्रविधा सिद्ध हुने मान्यता छ ।

पवित्र नदीमा प्रथम स्नान धामीझाँक्रीसँग आशिष लिने श्रद्धालुहरुको संख्या पनि उल्लेख्य थिए । महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सा, सुनसरी, मोरङ र भारतको दर्जनौ गाउँबाट लावालस्कर का साथ काम्दै उफ्रदै घण्टौघण्टाको बाटो पैदल गई स्थान र तन्त्रमन्त्र गरेको दृश्य हेर्दा यस क्षेत्रका बासिन्दा भन्ने साह्रै रमाएका थिए ।
