संविधान संशोधनको माग गर्दै मधेशमा लामो आन्दोलन भएपनि संविधान संशोधन हुन सकेको छैन । संसदमा पेस भएको संविधान संशोधन विधेयक एमालेका कारण विफल भएको थियो । तर माओवादी केन्द्र संविधान संशोधनको पक्षमा रहेको थियो । माओवादीले संविधान संशोधनको पक्षमा मतदानसमेत गरेका थिए । तर माओवादीसहितको वाम गठबन्धनको घोषणापत्रमा संविधान संशोधनको विरोध गरिएको छ ।
माओवादी नेता मातृकाप्रसाद यादवले संविधान संशोधनको विषयलाई वाम गठबन्धनले चुनावी एजेन्डा नबनाएकामा दुःख व्यक्त गरे । मधेशी जनताको भावनाअनुरूप पार्टी संविधान संशोधनको पक्षमा रहे पनि चुनावी एजेन्डामा समावेश नभएकाले मधेशमा पार्टीलाई समस्या हुन सक्ने उनले बताए ।हुलाकी न्यूजबाट
