हरूवा चरूवा बालबालिकालाई शैक्षिक सामग्री प्रदान

प्रकाशित समय 7:27:00 AM
सिरहा,२० कार्तिक । दलित संरक्षण अभियान मञ्च लाहानले आज लाहान नगरपालिका बस्तीपुरका दलित हरूवा चरूवा बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको छ ।
लहान नगरपालिका बस्तीपुरमा रहेको सरस्वती आधारभुत बिद्यालयका ७५ जना छात्रा छात्रलाई कापी किताब, पेन्सिल, इरेजर, र स्कुल ड्रेस बितरण गरेको दलित संरक्षण अभियान मन्चका अध्यक्ष सूर्य नारायण रामले जानकारी दिए । दलित बिपन्न ४० बालिका र ३५ बालकलाई छात्रबृति प्रदान गरिएको थियो ।
दलित बिपन्न परिवारका बालबालिकाले किताब ,कापी ,ड्रेस, किन्न नसकेकै कारण बिद्यालय छोड्न पर्ने बाध्यता नहोस भनेर शैक्षिक सामाग्री बितरण गरेको रामले बताए । छात्रबृति बितरण कार्यक्रममा अस्थायी प्रहरी पोष्ट बस्तीपुर प्रतिनिधि, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अधिकारकर्मीको रोहबरमा शैक्षिक सामग्री बितरण गरिएको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »