राम प्रताप रायको घरमा राखेको तरकारीमा छर्ने ‘मेरी कुलान’ विषादी खाँदा अस्मिताको मृत्यु भएको प्रहरीले जनाएको छ । अस्मिताको उपचारको क्रममा सर्लाही अस्पताल मलंगवामा मृत्यु भएको हो । साथीहरू सँग खेल्ने क्रममा अस्मिताले औषधि खाएकी थिइन् ।
औषधि खाएपछि राम प्रताप रायकी ४ बर्षीया छोरी पूजा कुमारी र २ वर्षीय छोरा आदित्य यादव गम्भिर बिरामी भएका छन् । उनीहरुसँगै औषधी खाएका विकाउ रायकी ४ वर्षीया छोरी खुश्बु कुमारी र २ वर्षीय छोरा खुशीलाल राय गम्भीर बिरामी भएका छन् । उनीहरुको उपचार सर्लाही अस्पताल मलंगवामा भइरहेको छ । खेल्ने क्रममा उनीहरुले रामप्रतापको घरमा लुकाएर राखिएको औषधि भेटेपटि सबै जना मिलेर खाएका थिए ।
