श्रीमान र श्रीमतीबीच चुनावी प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

प्रकाशित समय 7:25:00 AM
महोत्तरी, २० कार्तिक । महोत्तरीको क्षेत्र नं १ मा प्रनिनिधिसभा सदस्यका लागि श्रीमान श्रीमती चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको चुनावका लागि फोरम–राजपा गठबन्धनका तर्फबाट पति लक्ष्मी महतो तथा स्वतन्त्रबाट पत्नी रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका हुन् । लक्ष्मी तत्कालीन निगौल गाविसका पूर्वअध्यक्ष हुन् । उनकी श्रीमती रामकुमारी २०७० सालमा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा पनि उम्मेदवार थिइन् । त्यतिबेला दोस्रो स्थानमा रहेकी रामकुमारी हालै भएको स्थानीय तह निर्वाचनमा गौशाला नगरपालिका प्रमुखमा पराजित भएकी थिइन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »