वा दलमा प्रवेश गरेर राजनीतिक यात्रा सुरु गरेका गिरी २०२४ सालमा उपाध्यक्ष समेत बनेको थियो । त्यही वर्ष नेपाल आएका बेला उनी पक्राउ परेकोे र २ वर्ष जेलमा बिताएको थियो । २०२६ सालमा जेलबाट छुटेपछि गरि पुनः वनारस पुगेर वि.पी. कोइरालाको सशस्त्र आन्दोलनमा सहभागी भएको थियो । २०३६ सालमा भएको निर्दल र बहुदलको चुनावमा सिरहामा बहुदलको प्रचारमा लागेको बेला उनले पुनः पक्राउ परेको थियो । त्यसबेला सिरहामा देशकै सबैभन्दा बढी बहुदलको पक्षमा मत खसेको थियो । बहुदलको पक्षमा मत मागेको भन्दै उनले फेरि पक्राउ परेको थियो । त्यसपछि पनि २०४२ को सालको सत्याग्रह र ०४५ मा जेल परेका गिरी निरन्तर नेपाली कांग्रेसमा सक्रिय हुन । बहुदल पुनःस्थापनापछि २०५१ सालमा सिरहाको क्षेत्र नं. ५ बाट निर्वाचित भएको थियो । त्यसपछि ०५६ सालको चुनावमा भने नेकपा एमालेका धर्मनाथ साहसँग पराजय भएको थियो । लोकतन्त्र स्थापनापछि २०६४ र २०७० सालको चुनावमा भने उनले समानुपातिक तर्फबाट सभासद् भएको थियो ।
