क्याम्पस प्रमुख ,कर्मचारीबीच र सदस्यहरुको विवादको कारण क्याम्पसको पठनपाठन केही समयदेखि प्रभावित हुँदै आइरहेको छ । पठनपाठनमा क्याम्पस प्रशासनले ध्यान नदिए पछि आइतबार बिहान बी.बी.एस दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसको अ‘ाफिस, प्रशासन कार्यालयको ढोकामा ताला लगाएका हुन् । विद्यार्थी बी.बी.एस दोस्रोको रबिन साह,नितेश रायव साह,रमभरोश यादव,सुजीत ठाकुर,मुकेश कुमार साह(मुना)र बी.बी.एस तेस्रोको सूर्य साह,महेश साह, लक्ष्मेशोर कापर,देव साह,संदीप साह, अरविन्द सहनी ले आफूले पटक पटक क्याम्पस प्रमुखलाई वार्ताको लागि गरेको आग्रहमा अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरे बिधर्थीहरुले बतएको छ ।
