अलमलमा मधेसी मतदाता मुद्दा बोक्ने वा विकासप्रेमी उम्मेदवार रोज्ने द्विविधा

प्रकाशित समय 1:15:00 AM
जितेन्द्रनारायण ठाकुर
विराटनगर, ११ मंसिर । मधेस आन्दोलनको क्रममा मोरङको निर्वाचन क्षेत्र नम्बर ५ संघर्षको अधारभूमिको रुपमा चिनिएको थियो । मधेस आन्दोलनको उठानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको यो क्षेत्रमा अहिले चुनावी सरगर्मी निकै तात्तिएको छ । तर, यही क्षेत्रका मतदाता भने कसलाई आफ्नो प्रतिनिधि मान्ने विषयमा अलमलमा परेका छन् ।
मधेसी समुदायमा आफूहरुलाई नीतिगत रुपमै अधिकार सम्पन बनाउने पार्टीका उम्मेदवार छान्ने कि विकासको एजेन्डा लिएर आउने उम्मेदवारलाई ‘भोट दिने भन्ने संशय देखिन्छ । मतदान गर्ने सवालमा उनीहरु अलमलमा परेको मतदाताले नै बताएका छन् । विराटनगर जतुवाका ७० वर्षीय लाखिचन्द्र यादवले विगतको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको      (मसाल) चिन्हमा मतदान गरेका थिए । तर, यो पटक भने उनी खुलेका छैनन् । चुनाव आउन अझै समय बाँकी रहेको बताउदै उनले भने,‘जकरा मे मन हेतै ओकरा मे भोट खसाइवै अर्थात जसलाई मन लाग्नविचार गरी उसैलाई दिन्छु । अहिले नै कुन उम्मेदवालाई भोट दिने भन्ने आफूले निर्णय नगरेको यादवले बताए ।
कतिपयलाई मतदाता आफूहरु लाई अधिकार दिने र विकास गरिदिने विश्वासिलो उम्मेदवार लाई मत दिने योजना बुनेको बताउँछन् । तिनै मध्येका एक हुनविराटनगर–१६ जयकिशसोर साह । भन्छन,‘पहिलेकाले खासै दुःख बुझेनन् अब कसलाई दिने भन्ने नयाँ योजना बनाउँदै छु । उनले यसअघि मतदान गरेका नेताहरुबाट खासै भलो नभएको आफ्नो तितो अनुभव सुनाए ।
मधेसी जनताको समान अधिकार र राज्यको हरेक निकाय मा समानुपातिक सहभागिताको लागि भएको मधेस आन्दोलनको अग्रपंक्तिमा रहेको सो क्षेत्रका कतिपय मतदाताहरु भने मधेसका मुद्दा भन्दापनि सदैव सहयोग गर्ने र विकास गर्ने उम्मेदवारलाई मतदान गर्ने तयारीमा रहेको बताउँछन । अधिकारको लागि विगत दुई संविधान सभाको निर्वाचनमा मतदान गर्ने गरेकाउ नीहरु मधेस केन्द्रित दलका नेताहरुको रवैया पनि अन्य दलका नेताझैं भएको टिप्पणी गर्छन ।
सबै नेता एकै प्रकारका रहेकाले कसलाई मतदिने भनेर अलमलमा परेको जहदागाउँपालिका–३        (भातिगंज) का सूर्यनारायण राजवंशी बताउँछन् । जितेर गए सबै नेता मिलेर नै घुमफिर गर्ने भएकाले अधिकार सम्पन बनाई विकास गर्ने उम्मेदवारलाई मतदिने तयारी गरेको बताउँदै भने,‘ मधेसी उम्मेदवारलाई मत दिनुपर्ने नै हो तर नेता जितेर जाने र निर्वाचनको बेला मात्र भोट माग्न आउने परिपाटीले निकै दिक्क लाग्छ । ७० वर्षीय धनीलाल यादवले मधेसीको बहुमत नपुगेकाले संविधानमा मधेसीको अधिकार नसमेटिएको बताए । यो पटक भने बहुमतको लागि मतदान गर्ने तयारीमा रहेको यादव बताउँछन् । विराटनगर–१४ की अनुसीया देवीले महिलाको आवाज बुझ्नेलाई मतदिने बताइन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »